FAQs Complain Problems

काञ्जीहाउस निर्माणमा तदारुकता !!

नेपालगञ्ज, असोज ११ गते– नेपालगन्ज उप महानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापा मगरले काञ्जी हाउस निर्माण कार्यप्रति चाँसो राख्दै स्थलगत अवलोकन गर्नु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२१ मा रहेको चार विघाः १२ कठठा ६ धुर जग्गामा कान्जि हाउस निर्माण गर्न थालीएको छ । काञ्जीहाउस निर्माणका लागि जग्गा तारबार गर्दा केही स्थानीयले अबरोध गर्न खोजेपछि कार्यवाहक प्रमुख मगर नेतृत्वको टोलीले सम्भावित विवादलाई समयमै समाधान गर्नु भएको हो । काञ्जी हाउस निर्माण प्रक्रियालाई तदारुकताका साथ अघि बढाउन पनि उहाँले निर्देशन दिनु भयो ।

उपमहानगरपालिकाको जग्गामा कसैले अवरोध गर्न खोजे त्यस्ता व्यक्तिलाई कानूनी कारवाही प्रक्रियामा ल्याइने समेत उहाँले स्पष्ट पार्नु भयो । सरकारी जग्गा संरक्षण कार्यको वडा नं.२१ का वडा अध्यक्ष रंजित खां, उपमहानगरपालिकाका नापी शाखा प्रमुख पवन देव अर्याल, निरिक्षण शाखा प्रमुख पवन कनौजिया, प्रेस सल्लाहकार शुक्रऋषि चौलागाई लगायतको टोलीले अवलोकन गरेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेको आफ्नो जग्गा संरक्षण गर्दै विभिन्न संरचना बनाउने तयारी गरिरहेको छ ।

Show in Slider: