FAQs Complain Problems

खेल्दै सिक्ने केन्द्रका बालबालिकालाई पोषाक वितरण !!

नेपालगञ्ज पुष १९ गते – नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित खेल्दै सिक्ने केन्द्रका २९ जना बालबालिकालाई वडा कार्यालयद्धारा पोषाक सहयोग गरिएको छ ।
विद्यालय जनाबाट बञ्चित, बालश्रममा लागेका, बिद्यालय भर्ना भएर बिचमै पढाई छोडेका बालबालिकालाई लक्षित गरेर नेपालगन्ज ४ र ८ मा ‘खेल्दै सिक्ने केन्द्र’ सञ्चालनमा रहेको छ । नेपालगञ्ज उप–महानगरपालिकाको समन्वय, यूनिसेफको सहयोग तथा समुन्नत नेपालको प्राविधिक र बाँके युनेस्को क्लबको स्थानीय सहकार्यमा कक्षा सञ्चालन हुँदै आएको छ । वडा न ८ स्थित खेल्दै सिक्ने केन्द्रमा आवद्ध ४३ जना मध्य नियमित आउने २० छात्रा, ९ छात्र र २ जना शिक्षीकालाई आज एक समारोहबीच सो पोषाक हस्तान्त्रण गरिएको हो ।

छात्रालाई कुर्ता सुरुवाल, छात्रलाई ट्रयाकसुट गरि २० हजार वरावरको सहयोग वडा न ८ वडा समितिको कार्यालयले गरेको हो । वडा न ८ का अध्यक्ष सुरेन्द्र गुप्ताले बालश्रममुक्त बालमैत्री उपमहानगर बनाउने अभियानलाई सघाउ पु¥याउन सहयोग गरिरहेको बताउनु भयो । उहाँका अनुसार खाजाका लागि समेत ३० हजार रकम प्रदान गरिने छ । बालबालिकालाई पढाईबाट बन्चित नगर्न वडास्तरमा समेत कार्यक्रम र अभियान सञ्चालन गर्न सकिने उहाँको भनाई थियो । विहान १० देखि ५ वजे सम्म फुर्सदको समयमा बालबालिका केन्द्रमा आएर खेल्दै अध्यन गर्ने गर्दछन् ।

Show in Slider: