FAQs Complain Problems

नगरमा सरसफाई बढ्दै !!

नेपालगञ्ज असोज १२ गते– नेपालगञ्जमा निजी क्षेत्रसँगको सहकार्यमा सरसफाई अभियानले व्यापकता पाउँदैछ । हरेक साता स्वस्फुर्त सरसफाईका कार्यक्रमम भइरहेका बेला नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा वडा नं.१ को सहयोग र स्वच्छ नेपाल हाम्रो अभियानको सहजिकरणमा केही दिन यता नेपालगञ्ज खजुरा रोडमा व्यापक सरसफाई भइरहेको छ । आज शनिवार खजुरा रोड नमुना सरसफाई अभियानमा बेग्लेै रौनक देखीयो । नेपालगन्ज उप महानगरपालिकाका उपप्रमुख उमा थापा मगर र वडा नं.१ का वडा अध्यक्ष प्रमोद रिजाल स्वयं सडक सरसफाई खटीनु भयो । वडा न १ को वडास्तरीय बाल क्लव सञ्जालका बालबालिकाहरु पनि सचेतनामुलक नारासहितका प्लेकार्ड बोकेर सरसफाईमा खटीएका थिए । सडक पेटि अतिक्रमण हटाउन शुरु गरेर वाहवाही पाइरहेका बेला आज उपप्रमुख थापामगर र र वडा अध्यक्ष रिजाल मुखमा मास्क र हातमा पञ्जा लगाएर सडक, ढल नाला सरसफाईमा मात्र नभई सचेतता फैलाउनमा पनि व्यस्त रहनु भयो ।

खजुरा रोडका घर धनी र पसलेहरुलाई जथाभावी फोहर नफाल्न अनुरोध गदैं आफनो वरपरको फोहर स्वयं व्यवस्थापनमा जुटन पनि आहवान गर्दै हुनुहुन्थ्यो । सरसफाई ¥याली बढीरहदा नगर प्रमुख डा धवल श्मशेर राणा पनि हौसला प्रदान गर्न पुग्नु भएको थियो । सरसफाई कार्यक्रम पीपल चौतारा पुगेर समापन भएको थियो । अभियानमा वडा न १ का वडा सदस्य जगमोहन काद,ू वातावरण ई.प्रकाश डि.सि, सरसफाई निरिक्षक अशोक के.सी, स्थानीय जनताको पनि सहभागिता रहेको थियो । अत्यधिक फोहर देखीने सो क्षेत्रमा अहिले उपमहानगरपालिकाको सहयोगमा दैनिक झाडु लगाउने, फोहर संकलन गर्ने र सिठी फुकेर घरदैलोको फोहर संकलन गर्न थालीएपछि स्वरुप नै फेरिएको स्वच्छ नेपाल हाम्रो अभियानका भानु भट्टले जानकारी दिनु भयो ।

Show in Slider: