FAQs Complain Problems

मिठाई पसलमा अनुगमन, ४० लीटर दुध नष्ट !!

नेपालगञ्ज असोज २८ गते– चाडपर्वमा अत्यधिक उपभोग हुने मिठाईको अवस्था बारे आज नेपालगञ्जमा अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा गरिएको मिठाई पसलको अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यप्रति अझैं पनि सचेत नभएको पाइएको छ । त्रिभुवन चौकका चार वटा मिठाई तथा केक पसलमा गरिएको अनुगमनको क्रममा अत्यधिक फोहर पाइएको छ । राम मिष्ठान, शिव मिष्ठान भण्डार, लिटील हंगर र द केक एण्ड बेकरीमा अनुगमन गर्दा अधिकांसमा मिठाई बनाउने भान्से (स्थान) फोहर देखिएको, अनावश्यमक रंंग प्रयोग गरिएको र प्रयाप्त आवश्यक कागजात नराखेको पाइएको छ । लिटील हंगरको भान्से सफा रहे पनि त्यहाँ म्याद सकिएको चिसो पेय पदार्थ फेला परेको थियो । यस्तै शिव मिष्ठानमा करिव ४० लिटर दुध फोहर कपडाले ढाकेको पाइएपछि प्रशासन परिसरमा पु¥याएर नष्ट गरिएको छ । यस्तै राम मिष्ठान भण्डारमा अत्यधिक फोहर र आवश्यक कागजात नपाइएकाले १० दिन भित्र सम्पूर्ण कागजात पु¥याउन निर्देशन दिइएको उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलले जानकारी दिनु भयो । द केक एण्ड बेकरीमा केक बनाउने स्थान जिर्णोद्धार भईरहेको र फोहर पाइएकोले सो को व्यवस्थापन नहुँदा सम्म उत्पादन नगर्न टोलीले सचेत गराएको छ ।

अनुगमनमा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी, प्रशासन कार्यालयका अमरराज सेजुवाल, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका एकराज बुढाथोकी, वाणीज्य कार्यालयका कृष्ण प्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालयका खीम बहादुर केसी,उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतम लगायत पत्रकारको टोली रहेको थियो । यस अघि बजार अनुगमन गर्दा खसीको मासु भनेर बाख्रीको मासु बेचेको पाइएको थियो । उपभोक्ताको स्वास्थ्य अधिकारलाई मध्यनजर गर्दै अनुगमनलाई निरन्तरता दिइने उपमहानगरपालिकाले जनाएको छ ।

Show in Slider: