FAQs Complain Problems

नगर प्रमुख राणाको तलव मानवीय सेवामा !!

नेपालगञ्ज, भदौं २६ गते– नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले आफनो तलव मानवीय सेवामा लगाउनु भएको छ । जनप्रतिनिधिको रुपमा आफनो कार्यकाल भरी पाइने तलव÷भत्ता नलीने घोषणा गर्नु भएका नगर प्रमुख डा राणाले पहिलो महिनाको तलव र भत्ता आज एक समारोहबीच व्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय राज योग केन्द्रलाई प्रदान गर्नु भयो । सरकारले उपमहानगरपालिका नगरप्रमुखलाई मासिक ४५ हजार पारिश्रमिक दिने गरेको छ । कर कट्टा गरि ४० हजार र १० हजार बराबर भत्ता गरि हुन आउने ५० हजार बराबरको चेक नगर प्रमुख राणाले केन्द्र प्रमुख व्रम्हाकुमारी दुर्गादेवीलाई प्रदान गर्नु भयो । मेयरका रुपमा प्रतिष्पर्धा गरिरहदा नै राणाले तलव, भत्ता नलीने उदघोष गर्नु भएको थियो । पुर्व घोषित प्रतिवद्धता अनुसार नगर प्रमुख राणाले सबै महिनाको तलव नियमित रुपमा मानीवय सेवाका लागि समपर्ण गरिने बताउनु भयो ।

राणाले थप तलव ÷भत्ता शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यक्ता परिपुर्तीमा सहयोग गरिने बताउनु भयो । यस अघि नगरपालिकाको मेयर हँुदा पनि राणाले तलव नलिई स्वास्थ्य र सरसफाईमा सहयोग गर्नु भएको थियो । सहयोग प्राप्तीपछि व्रम्हाकुमारी दुर्गादेवीले सहयोग रकम मानवीय सेवा र उत्थानमै सदुपयोग हुने विश्वास दिलाउनु भयो ।

Show in Slider: