FAQs Complain Problems

बागेश्वरी मन्दिरमा सरसफाई !!

नेपालगञ्ज मंसीर २२ गते – बागेश्वरी मन्दिरको आज वृहत सरसफाई गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा न २ अन्तगर्त माता बागेश्वरी वडास्तरिय आमा समूहको अगुवाईमा सामुदायिक प्रहरी सेवा केन्द्र, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति लगायतको सहकार्यमा मन्दिर परिसरमा सरसफाई गरिएको हो । समूहको चौथो शनीवारीय सरसफाई अन्तगर्त आज विहान उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापामगर, वडा अध्यक्ष ुसनिल सिंह हमाल, वागेश्वरी गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारी लगायतका विशिष्ठ व्यक्तिको उपस्थितीमा सामुहिक सरसफाई बढाइएको हो । नगर प्रमुख डा राणा, उपप्रमुख थापामगर स्वयंं झाडु समाएर सरसफाईमा जुटनु भएको थियो । जनप्रतीनीधी, समूहमा आवद्ध महिला, समाजसेवी, गैससकर्मी, स्थानीयवासी, उद्योगी, प्रहरी लगायतको सहभागिता रहेको सरसफाई कार्यक्रममा झाडु लगाएर सरसफाई गर्नुका साथै वडा कार्यालयका सरसफाईकर्मीले फोहर बढार्नुका साथै पानी हालेर परिसर सफाई गरेका थिए । सरसफाईको अभियान निरन्तर जारी राख्ने उद्घोष गर्दै वडाअध्यक्ष हमालले अन्य ठाउँमा पनि सफा राख्ने प्रयास भइरहेको बताउनु भयो । माता वागेश्वरी वडा स्तरीय आमा समुहकी अध्यक्ष हेमा देवी उपाध्यायले आफनो फोहर आफै सफा राखौं भन्ने सचेतना फैलाउने प्रयास गरिएको बताउनु भयो ।

Show in Slider: