FAQs Complain Problems

सुरु भयो भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि इन्जिनियर तालिम !!

नेपालगंज उप-महानगरपालिकामा ईन्जिनियर तथा सब-ईन्जिनियरका लागि ३ दिने भुकम्प प्रतिरोधात्मक घर डिजाइन तथा निर्माण सम्बन्धि आधारभूत तालिम पौष २० देखि सुरु भएको छ । पौष २२ गतेसम्म चल्ने यो कार्यक्रम नेपालगंज उप-महानगरपालिका र भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल ( एनसेट ) को "दरो घर, दिगो बस्ती " अन्तर्गत संचालित भएको हो । यस कार्यक्रममा नेपालगंज उप-महानगरपालिका, गुलरिया नगरपालिका, कोहलपुर नगरपालिकामा कार्यरत प्राबिधिक र परामर्शदाता गरि कुल ३२ जना सहभागिहरु रहेका छन् ।

यस कार्यक्रमको औपचारिक उदघाट्न नगर प्रमुख डा धवल समशेर राणाले गर्नुभएको थियो । उहाले सबै सहभागीहरुलाई तालिमको सिकाई लाई फिल्डमा पनि उतार्न सुझाब दिनुका साथै नगरपालिकाले पनि क्रमिक रुपमा विभिन्न कार्येक्रमहरु संचालन गर्ने कुरा राख्नु भयो । यस तालिममा भवन निर्माण संहिताको बारे बिस्तृत रुपमा दुबै अभ्यास र सैद्धान्तिक ज्ञानको आदानप्रदान हुने कुरा नेपालगंज उप-महानगरपालिकाका ई. सुरज शर्माले बताउनु भयो । यस कार्यक्रममा नगरपालिकाको तर्फबाट स्रोत ब्यक्तिमा ई. सुरज शर्मा, आ. निवेश कुमार शर्मा, स. ई मोहन ओली र एनसेटको तर्फबाट ई.सागर आचार्य, ई. करुना शाक्य , ई. रबिन्द्र प्रसाद बोहोरा र वसन्त चौधरीको सहभागीता रहेको छ ।

Show in Slider: