FAQs Complain Problems

नगरपालिका संघ पाँच नम्बर प्रदेश समन्वय समिति गठन !!

नगरपालिका संघ पाँच नम्बर प्रदेश समन्वय समिति गठन

नेपालगन्ज २३ गते, नेपाल नगरपालिका संघ पाँच नम्बर प्रदेश समन्वय समिति गठन गरिएको छ । पाँच नम्बर प्रदेश नगरपालिका संघको भेलाले बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको हो । तुलसीपुरमा मंगलबार सम्पन्न पाँच नम्बर प्रदेशभरीका नगरपालिका प्रमुख र उपप्रमुखको भेलाद्धारा गठित समितिको सह संयोजकमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर रहनु भएको छ । यसैगरी समितिको सदस्यहरुमा घोराही नगरपालिकाका प्रमुख नरुलाल चौधरी, तानसेन नगरपालिकाका उप–प्रमुख लक्ष्मी पाठक, मुसीकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, शिवराज नगरपालिकाका उपप्रमुख शीवकुुमारी चौधरी रहनु भएको छ । यस्तै शिवगंगा नगरपालिकाका प्रमुख सूर्य अधिकारी, महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु चौधरी, प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपति, ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कुष्मा थारु र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी पनि सदस्य रहनु भएको छ । एक जना सदस्य मनोनयन गर्न बाँकी रहेको छ । यसैवीच भेलाले ११ वँुदे तुल्सीपुर घोषणा पत्र पनि सार्वजनिक गरेको छ ।