FAQs Complain Problems

वडा सदस्यमाझ अन्तरक्रियात्मक भेला !

नेपालगञ्ज, फागुन २० गते– नगरकार्यपालिका पदाधिकारी र वडा सदस्यले विकास निर्माणमा हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यबीचको आज सम्पन्न अन्तरक्रियात्मक वृहत भेलामा सो प्रतिवद्धता व्यक्त गरिएको हो । प्रथम नगरसभाले वडा सदस्यहरुसँग ३÷३ महिनामा समिक्षात्मक छलफल गर्ने गरेको निर्णयानुसार आज कार्यक्रम गरिएको हो । सहभागी वक्ता वडा सदस्यले उपमहानगरपालिकाका अधिकांस निर्णय सदस्य लगायत वडा तहमा प्रवाह गर्न नसकिएको, जनशक्तिको अझै अभाव रहेको, विकास निर्माणले गती लिन नसकेको लगायतका गुनासो गरेका थिए । अधिकांस वडा सदस्यहरुले सुशासन, सडक, विद्युत र सरसफाई लगायतका विषयमा जिज्ञाशा राखेका थिए । सदस्यहरुले हरेक विकास निर्माणमा आफनो पूर्ण सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरे । 

नगर प्रमुख डा धवल शम्शेर राणाले उपमहानगरपालिकाको समग्र विकास निर्माण, योजना र प्रगती प्रस्तुत गर्दै आपसी समन्वयमा नै विकास प्रक्रिया अघि बढने विश्वास दिलाउनु भयो । स्वागत मन्तव्य व्यक्त गर्दै उपप्रमुख उमा थापा मगरले वडा सदस्यहरुले उठाएका सवाल र मुद्धाप्रति उपमहानगरपालिका सचेत रहेको भन्दै आपसी हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पयाकुरेलले आएका प्रशासनिक लगायत विकास निर्माण प्रक्रियामा अपनाइने विधी बारे पनि प्रष्ट्यानु भएको थियो ।