FAQs Complain Problems

नेपालगञ्ज उपमहानगरपालिकाद्धारा दमकलकर्मीलाई तालिम !

नेपालगञ्ज, फागुन २० गते–
अग्नी नियन्त्रक तथा दमकल चालकका लागि नेपालगञ्जमा १० दिने एडभान्स तालिम सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नगरपालिका क्षेत्रीय अध्यन केन्द्रको आयोजनामा सञ्चालित एडभान्स फायर फाइटिङ, रेस्क्यू र हजमत ह्यान्डीङ तालिमको आज उपमहानगरपालिकाका प्रमुख डा धव शमशेर राणाले उदघाटन गर्नु भयो । बाँके, बर्दिया, सुर्खेत, दाङ, दैलखका उपमहानगरपालिका र नगरपालिकाका अग्नी नियन्त्रक, दमकल चालक गरि २५ जनाको सहभागीता रहेको तालिममा दमकल परिचालन, चुनौती, अग्नी नियन्त्रण, केमीकलबाट हुने आगलागी नियन्त्रण, मानव उद्धार, होज, पम्प, ल्याडरको प्रयोग, व्यक्ति सुरक्षा, सामाग्रीको सही प्रयोग लगायतका विषयमा प्रशिक्षण दिइनेछ ।

नगर प्रमुख राणाले आगलागीबाट जनधनको क्षती जोगाउने जिम्मेवारी दमकलकर्मीमा रहेकाले अनुशासित भएर भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो । उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले सैद्धान्तिक ज्ञानसँगै प्राविधिक ज्ञान र आवश्यक स्रोत साधनको जोहोमा नगरपालिकाले विशेष ध्यान दिने विश्वास दिलाउनु भयो । । प्रशिक्षक एवं जुद्ध वारुण यन्त्रका पुर्व प्रमुख किशोर कुमार भटराईका अनुसार सहभागीलाई अन्तरक्रियात्मक, प्रदर्शन, परिदृश्य र प्रयोगात्मक रुपमा प्रशिक्षत गरिने छ । अध्यन केन्द्रका फेकल पर्सन राजन केसीले सञ्चालन गर्नु भएको कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सहभागीलाई सक्रियता र जिम्मेवारीपुर्वक तालिम लिन र व्यवहारमा प्रयोग गर्न आह्वान गर्नु भयो ।