FAQs Complain Problems

मेयर कप रात्री कबड्डी प्रतियोगिताको उपाधी उपमहानगरपालिकाकै पोल्टामा !

मेयर कप रात्री कबड्डी प्रतियोगिताको उपाधी उपमहानगरपालिकाकै पोल्टामा

नेपालगञ्ज, वैसाख १६ गते–नेपालगन्जमा जारी मेयर कप रात्री कबड्डी प्रतियोगिताको उपाधी नेपालगञ्ज उपमहानगरपालिकाको टिमले हात पारेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग तथा मिशन विक्ट्री नेपालको सहकार्यमा वडा न ४ ले प्रतियोगिता गरेको हो । शनिबार वडा नम्बर ८ ‘ए’ लाई हराउँदै नेपालगञ्ज उपमहानगरपालिकाको टिमले उपाधीमा कव्जा जमाउन सफल भएको हो । सल्यानी वंगलाको स्कुलमा दर्शकले भरिभराउ मैदानमा भएको फाइनल खेलमा ५२–२७ को फराकिलो अन्तरसहित उपमहानगरपालिकाकाले उपाधी लिन सफल भएको हो ।

नगर प्रमुख डा धवल शम्शेर राणा स्वयं मैदानमा उत्रीएको उपमहानगरपालिकाको टिमका कन्हैया थारु उत्कृष्ट खेलाडीका रुपमा घोषित हुनु भयो । प्रतियोगिताको उपाधी बिजेता टोलीले आकर्षक शिल्डसहित ५० हजार रुपैयाँ नगद पनि प्राप्त गरेको छ । यस्तै वडा न ८ एले दोश्रोमा चित्त बुझाउँदै २५ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगीतामा सहभागी खेलाडीलाई मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगिताका मुख्य रेफ्री राजेन्द्र शाही लगायतका रेफ्री, सहयोगीलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै सहयोगी दर्जनौं व्यक्तिलाई सम्मान स्वरुप प्रमाण पत्र उपलव्ध गराइएको थियो । आयोजक वडा नम्बर ४ का अध्यक्ष मो.सफिक बेहनाले प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएकोमा खुसीसहित धन्यवाद प्रकट गर्नु भयो । उपमहानगरपालिकाका नगर प्रमुख राणाले सबैको साथ र हौसलाले प्रतियोगितालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

 

Show in Slider: