FAQs Complain Problems

न्याय सम्पदान सहज र प्रभावकारी बनाउने पहल !

जानकी, बैसाख ३१ गते– स्थानीय तहको न्यायीक प्रक्रियालाई सहज र प्रभावकारी बनाइने भएको छ । न्यायिक समिति संघ बाँकेको आज सोमबार जानकी गाउँपालिकामा सम्पन्न पाचौं बैठकले स्थानीय तहबाट सम्पादन गरिने न्यायलाई अझैं सहज र प्रभावकारी बनाउन रणनीती बनाउने तयारी गरेको हो । ८ वटै स्थानीय तहका न्यायिक समितिका संयोजकहरु सम्मीलित संघको नियमित मासक रुपमा ‘मोबाइल मिटिङ्ग’ बस्दै आएको छ । न्यायिक समितिको संयोजक स्थानीय तहका उपाध्यक्ष वा उपप्रमुख रहने व्यवस्था छ । न्याय प्रक्रिया बढाइदा आउन सक्ने कानूनी, प्रशासनिक लगायतका चुनौतीलाई सामना गर्न व्यापक तयारीका साथ आवश्यक रणनीती निर्माण गर्नेे तयारी बारे आजको वैठकमा छलफल गरिएको छ । बैठक अघि जानकी गाउँपालिकाका रामनिवास यादव र उपाध्यक्ष भूमिसरा धितालले उपप्रमुखहरुलाई स्वागत तथा सम्मान गर्नुभएको थियो ।

अध्यक्ष यादवले न्यायिक समितिको प्रभावकारी सञ्चालनका लागि आफूले वजेटको समेत व्यवस्था गरेको भन्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । संघका संयोजक तथा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले न्यायिक समितिको सहजताका लागि उपप्रमुखलाई आवश्यक सल्लाहसहयोगसँगै इजलास कक्ष, कानुन शाखा, कर्मचारीको व्यवस्थापन लगायतमा सहयोग गर्न गाउँपालिकालाई आग्रह गर्नुभएको थियो । समितिको अर्को बैठक जेठमा खजुरा गाउँपालिकामा बस्ने निर्णय भएको संघले जनाएको छ ।

Show in Slider: