FAQs Complain Problems

मन्त्री राईलाई उपमहानगरपालिकाको सम्मान !

नेपालगञ्ज, असार ३ गते – शहरी विकास मन्त्री मो इस्तियाक राईलाई नेपालगञ्ज  उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । गृहनगर आउनु भएका मन्त्री  राइलाई आईतबार उपमहानगरपालिकामा नगर प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख  उमा थापा मगरसहित जनप्रतिनीधीले फूलमालासहित सम्मान प्रकट गर्दै कार्यकाल  सफलताको कामना गरेका छन् । 

सांसद, जिल्ला समन्व्य समितिका संयोजक अजय कुमार  श्रीवास्तव सहितको सहभागिता रहेको कार्यक्रममा मन्त्री राईले नेपालगञ्जको  विकासका लागि कुनै कञ्जुस्याई नगर्ने  भन्दै योजनागत रुपमा प्रस्ताव ल्याउन सम्वन्धित निकाय र व्यक्तिलाई निर्देश  गरिसकिएको जनाउनु भयो । पुर्वाधार विकासलाई प्राथमिकता दिने भन्दै उहाँले  उपमहानगरपालिकासँगको सहकार्यको आवश्यक्ता औल्याउनु भयो । नगर प्रमुख डा धवल  शम्शेर राणाले नेपालगञ्जले शहरी विकास मन्त्री पाउनु गौरवको विषय भएको  भन्दै थुपै्र अवसरले पर्खीरहेकाले सामुहिक हातेमालोको खाँचो रहेको बताउनु  भयो । सांसद मो याकुव अन्सारी, सर्वतारा खातुनले युवा मन्त्री राईको सुझबुझ  र सक्रियताले नगरको विकास हुने विश्वास व्यक्त गर्नु भयो । नगर उपप्रमुख  उमा थापा मगरले विगतका योजनालाई निरन्तरता दिदै थप योजना ल्याउन विशेष पहल  गरिदिन आग्रह गर्नु भयो । 

 

 

Show in Slider: