FAQs Complain Problems

अपाङ्गता दिवसमा नेपालगञ्जमा ¥याली प्रदर्शनसहितका कार्यक्रम !!

नेपालगञ्ज मंसीर १७ गते– २७ औं विश्व अपाङ्गता दिवसका अवसरमा नेपालगञ्जमा ¥याली प्रदर्शनसहितका कार्यक्रम गरिएका छन् । अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण तथा समावेशीता र समानताको सुनिश्चितता भन्ने नारासहित मलाई गणना गर, समावेश गर भन्ने माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ, बाँके, नगरस्तरिय अपाङ्ग सञ्जालसँगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाद्धारा आज चेतनामुलक ¥याली, प्रवचन र सम्मान लगायतका कार्यक्रम गरिएका छन् । अपाङ्गता क्षेत्रमा क्रियाशिल विभिन्न सरकारी, गैर सरकारी संघ संस्थाका प्रतिनीधी, अपाङ्गता भएका व्यक्ति, जनप्रतिनधी सहभागी ¥याली धम्वोझी चौकबाट शुरु भई उपमहानगरपालिका परिसरमा पुगी सभामा परिणत भएको थियो ।

सभामा नगर प्रमुख डा धवल शम्शेर राणाले अपाङ्गता मैत्री निती निर्माण तथा विकास गर्न अपाङ्गता भएका व्यक्तिहरुकै विशेष अग्रसरता रहनु पर्ने आवश्यक्ता औल्याउनु भयो । नगर उपप्रमुख उमा थापामगरले अपाङ्गता भएकाहरुको हकअधिकारको सुनिश्चिता अझै नभएको भन्दै छुटयाइएको सेवा र सुविधा पनि प्रयाप्त नभएको गुनासो गर्नु भयो । अपाङगता भएकाको विकासका लागि सबैको सामुहिक प्रयासमा उहाँले जोड दिनु भयो । सोही समारोहमा ४ जनालाई कदर पत्र सहित सम्मान पनि गरिएको छ । अपाङग भएर पनि एसइइ उत्कृष्ट अंक ल्याई उतिर्ण हुन सफल विकास थारु र हरिकला विक तथा किराना पसल सञ्चालक सुनिता कोरी र अनिश अहमदलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख पे्रम केसी, वडा न १८ का वडा अध्यक्ष दिपक बर्मा, नेत्रहिन सेवा संघ बाँके अध्यक्ष कन्हैयालाल राना, नगरस्तरिय अपाङ्ग सजालका सचिव शान्तिराज रेग्मी लगायतले शुभकामना दिनु भएको थियो ।

Show in Slider: