FAQs Complain Problems

समाचार

अब सहकारी स्थानीय तह मातहत !

नेपालगञ्ज चैत्र २५ गते–

बाँकेका सहकारी अब स्थानीय तह मातहत आएका छन् । स्थानीय तहका पदाधिकारीलाई आज एक समारोहबीच सहकारीको अभिलेख हस्तान्त्रण गरिएको छ । सहकारी तथा डिभीजन कार्यालय नेपालगञ्जद्धारा आज आयोजित स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरुको दुई दिने अभिमुखीकरण तथा स्थानीय तहमा अभिलेख हस्तान्त्रण कार्यक्रममा सम्पूर्ण रेकर्ड जनप्रतिनीधीलाई प्रदान गरियो । जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानेन्द्र चौधरीले बाँकेका आठ वटै तहका पदाधिकारीलाई अभिलेख हस्तान्त्रण गर्नु भयो । बाँकेमा सञ्चालनमा रहेका चार सय ७ वटा सहकारी मध्ये दुई ७५ वटा सहकारी अब स्थानीय तह मातहमा रहेर सञ्चालन हुने छन् । जिल्लाका एक सय ३० वटा सहकारी प्रदेश सरकार र एक वटा केन्द्रमा रहने गरि सञ्चालन हुनेछन् । उपप्रमुख चौधरीले स्थानीय तहमार्फत सहकारी सञ्चालन हुनुले आम जनतालाई सहज र प्रभावकारी सेवा प्रवाहमा मद्यत पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले स्थानीय आवश्यक्ता र माग अनुसार सहकारी सञ्चालन हुनुपर्ने बताउनु भयो । समारोहमा राष्ट्रिय सहकारी विकास वोर्डका देव बहादुर केसी, जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव, सहकारी संघ बाँके अधयक्ष पे्रम सापकोटा, सहकारी निरिक्षक धन बहादुर खत्रीले शुभकामना मन्तव्य राख्नु भएको सहकारी निरिक्षक नन्दराम न्यौपानेले जानकारी दिनु भयो । जनप्रतिनीधी, कर्मचारी सहभागी कार्यक्रममा विभागीय उपसचिव आनन्द सारु, शाखा अधिकृत हरिसिंह साउँदले सहकारी सञ्चालन, नियमन र वैकिङ लगायतका विषयमा सहजीकरण गर्नेछन् ।

Show in Slider: