FAQs Complain Problems

आयोजनाको स्थलगत अनुगमन !!

नेपालगञ्ज, साउन ४ गते – नेपालगञ्ज उपमहानगरपालिकाद्धारा शुक्रबार ल्याण्डफिल साइडसहितका आयोजनाको स्थलगत अनुगमन गरिएको छ । नगर स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिका संयोजक एवं उपप्रमुख उमा थापा मगर नेतृत्वको टोलीले पुर्वाधार निर्माणसँग सम्वद्ध विभिन्न आयोजनाको अनुगमन गरेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदी, जनप्रतिनीधी र प्राविधिकसहितको टोलीले वडा न २३ को फोहर व्यवस्थापन केन्द्र ल्याण्डफिल साइडसहितका सडक, नाली, ग्रावेल, स्वास्थ्य केन्द्र भवन आदिको अनुगमन गरको हो ।

वडा न २१ हिरमीनीयामा निर्मीत स्वास्थ्य केन्द्रको भवन, तिव्र जारी ल्याण्डफिल साइड कार्य, वीर्ताको सडक, नाली निर्माण, वडा न १३ को गेट, चौतारा निर्माण, वडा न ५ को पीसीसी र नाली, वडा न ३ लक्ष्मी चित्र मन्दिर नजीकको नाला निर्माण आदिको टोलीले अनुगमन ग¥यो । अनुगमनका क्रममा अधिकांस आयोजना सम्पन्न भएको, केही सडक नाली निर्माण कार्य सुस्त भएको देखिएको टोली संयोजक थापामगरले जानकारी दिनु भयो । अनुगमनमा उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्मा, वरिष्ठ आलेपअ खीमानन्द अर्याल, शाखा अधिकृत गणेश न्यौपाने, सव इन्जीनियर मोहन वली, कार्यपालिका सदस्य मञ्जु नेपाली रहनु भएको थियो ।

Show in Slider: