FAQs Complain Problems

उपमहानगरपालिकाद्धारा नेपालगञ्ज राजपत्र सार्वजनिक !!

नेपालगञ्ज, साउन ८ गते– नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज राजपत्र’ सार्वजनिकीकरण गरेको छ । उपमहानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यवीधि र निर्देशिका राजपत्रमा प्रकाशन गरि सार्वजनिक गरेको हो ।
प्रमाणीकरण भएका २७ वटा कानूनको आज प्रतिनीधीसभा सदस्यहरु महेश्वर गहतराज अथक, नन्दलाल रोकाया, प्रदेश सभा सदस्य बाबुराम गौतम, जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवस्तव, नगर प्रमुख डा धवल शम्शेर राणा, प्रमुख जिल्ला अधिकारी रमेश कमार केसी र उपप्रमुख उमा थापामगरले संयुक्त रुपमा नेपालगञ्ज राजपत्र सार्वजनिक गर्नु भएको हो । राज पत्र सार्वजनीकरण तथा सम्मान कार्यक्रममा उपमहानगरपालिकाको समग्र विकासमा विभिन्न क्षेत्रबाट सहयोग तथा योगदान पु¥याउने २८ जना व्यक्ती तथा संघ संस्थालाई पनि कदर पत्र र नगदसहित सम्मान गरिएको थियो ।

राजपत्रमा आर्थिक ऐन, २०७४, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न वनेको कानून, २०७४, विनियोजन ऐन, २०७४, सहकारी ऐन, २०७४, न्याययिक समिति कार्यविधी ‘व्यवस्थित गर्न बनेको’ ऐन २०७५, प्रशासकिय कार्यविधि (नियमति गर्ने) ऐन, २०७५, नगरसभा सञ्चालन कार्यविधि, २०७४, रेडियो तथा एफ.एम.सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७४, अनुगमन तथा मुल्यांकन सम्वन्धी कार्यविधि २०७५ लगायत २७ वटा रहेका छन् ।
प्रमुख अतिथी एवं प्रतिनीधीसभा सदस्य गहतराजले जनताका लागि जनप्रतिनीधीद्धारा बनाइएको कानून कार्यान्वयनको प्रमुख दायित्व उपमहानगरपालिकाको भएको बताउनु भयो । कानूनले नै स्थानीय तह र जनता बलीयो हुने भन्दै यसको कार्यान्वयनमा पनि हातेमालो हुनुपर्ने उहाँले बताउनु भयो । प्रतिनीधी सभा सदस्य रोकायाले राजनीतिक खीचातानीले विकास नहुने भन्दै विकासमा साझा मुद्धा पहिचान गरेर अघि बढनु पर्ने आवश्यक्ता औल्याउनु भयो । कानून र प्रक्रियाले नै विकासको गती बढाउने भएकाले यसको अक्षरस पालनु गर्नु पर्नेमा उहाँको जोड थियो । प्रदेश सभा सदस्य गौतमले जनप्रतिनीधी र कर्मचारीबीचको सौहार्द सम्वन्धले नै सेवा प्रवाह प्रभावकारी हुने बताउनु भयो ।

नगर प्रमुख राणाले कानून निर्माणले सेवा प्रवाहसँगै विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । नगर उपप्रमुख थापामगरले कानून सार्वजनिकतासँगै कार्यान्वयन र अपनत्ववोध गर्ने बातावरण बनाइनुपर्नेमा जोड दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत तोय नारायण सुवेदीले कानून निर्माणले कर्मचारीलाई काम गर्न र जनतालाई सेवा प्रवाह गर्न सहज र प्रभावकारी हुने बताउनु भयो । कार्यक्रममा जिल्ला न्यायधिश विष्णु सुवेदी, नेकपाका अशोक कोइराला, काँगे्रस बाँके सभापति किरण कोइराला, राप्रपा बाँके अध्यक्ष नरेन्द्र पौडेल, संघीय समाजवादी फोरमका लक्ष्मीनारायण बर्मा, गैसस महासंघ बाँके अध्यक्ष सपना भटराई, वडा न १२ का अध्यक्ष बुद्धीसागर सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उपमहानगरपालिकामा कार्यरत कर्मचारी, अवकाश प्राप्त कर्मचारी, जनप्रतिनीधी, महिला स्वास्थ्य स्वयंसेवीका, सहयोगी दाता, साझेदारी संस्था, सफल उद्योगी गरि २८ जनालाई नगदसहित सम्मान गरिएको थियो । उपमहानगरपालिको विकासमा सञ्चारका क्षेत्रबाट योगदान पु¥याएवापत दैनिक नेपालगञ्ज र कृष्णसार एफएमलाई पनि सम्मान गरिएको थियो । यस्तै नियमित करदाताका रुपमा राही ट्रेडसका खुर्सीद अहमद हलवाई र सफल व्यवसायीका रुपमा कन्हैयालाल वैद्य तथा उत्कृष्ट निर्माण व्यवसायीका रुपमा राप्ती गणेश कन्सट्रक्शनलाई सम्मान गरिएको थियो ।

Show in Slider: