FAQs Complain Problems

कृषकलाई यन्त्र हस्तान्तरण !!

नेपालगञ्ज भदौ १९ गते– नेपालगञ्ज उपमहानगरपालिकाका उत्कृष्ट कृषकलाई कृषि यन्त्र प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखाले मागमा आधारित कार्यक्रम र ५० प्रतिशत अनुदान अन्तर्गत केही कृषक र केही फर्मलाई कृषि यन्त्र हस्तान्तरण गरेको हो । मागमा आधिारित कार्यक्रम अन्तगर्त नेपालगञ्ज– १६ का मो अस्लाम राई र २२ का गोपी प्रसाद यादवलाई २५÷२५ हजारको कैलाश पम्पसेट, नेपालगञ्ज १६ स्थित नयाँ नेपाल स्यालो टुयूववेलका गुलाम रसुल कवडीयालाई एक लाख ८५ हजार बराबरको धानका लागि थे्रसर, होण्डा पम्पसेट, मोटर प्रदान गरिएको हो । सो यन्त्रका लागि दुई लाख १२ हजार बरावरको रकम कृषक स्वयंले व्यहोर्नु भएको छ । यस्तै नेपालगञ्ज– २० स्थित कप्तान कृषि फर्मका रमेश सिटौलालाई ५१ हजार बराबरको होण्डा पम्पसेट र मोटर प्रदान गरिएको छ । जसमा ५५ हजार कृषक स्वयंले व्यहोर्नु भएको छ ।

उपमहानगरपालिका परिसरमा आयोजित यन्त्र हस्तान्तरण समारोराहमा नगर प्रमुख डा धवल शम्शेर राणाले कृषि यन्त्र हस्तान्त्ररण गर्दै प्रविधि प्रयोगले कृषि उत्पान वृद्धिसँगै व्यवसायिक कृषि प्रणालीलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । नगर प्रमुख राणाले यन्त्रको सही सदुपयोगले थप रोजगारी समेत सिर्जना हुन सक्ने दाबी गर्नु भयो । शाखा प्रमुख जीवन केसीले सञ्चालन गर्नु भएको कार्यक्रममा कृषक द्धय राई र यादवले यन्त्रले तरकारी उत्पादन सहज र वृद्धि हुने विश्वास व्यक्त गर्दै धन्यवाद प्रकट गर्नु भयो ।

Show in Slider: