FAQs Complain Problems

खुला दिसा विरुद्ध उपमहानगरपालिकाको कडाई !

खुला दिसा विरुद्ध उपमहानगरपालिकाको कडाई !!

खुला दिसा गर्ने एघार जना प्रहरी नियन्त्रणमा नेपालगञ्ज फागुन ११ गते – नेपालगञ्जको खुला दिसामुक्त अभियानलाई चुनौती दिनेहरु प्रहरी नियन्त्रणमा परेका छन् । नेपालगञ्जलाई खुला दिसामुक्त घोषणा गर्ने डेटलाईन मिट गर्न अनेकौं बाधा उत्पन्न भइरहेका बेला उपमहानगरपालिकाले अब भने अनुगमन र कारवाहीको प्रक्रिया एक साथ अगाढी बढाएको छ । खुला दिसामुक्त हुन बाँकी रहेका वडामा निरन्तर अनुगमन गरिरहेको उपमहानगरपालिकाले आज वडा न १३ उदयपुरबाट खुला दिसा गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ । वडा नम्वर १३ का वडा अध्यक्ष विरेन्द्र शाह, खुला दिसामुक्त अभियानका फोकल पर्सन ओवीराज आचार्य, वडा प्रहरी कार्यालयका प्रहरी निरक्षक राजन गौतमसहितको प्रहरी टोलीले एकाविहानै अनुगमन गर्ने क्रममा खुला ठाउँमा दिसा गर्ने स्थानीयहरुलाई नियन्त्रण गरेको हो । पक्राउ परेका मध्य अधिकांसका पक्की घर, २÷३ वटा मोटरसाइकल भएर पनि शौचालय नबनाएको पाइएको छ । उनीहरुमध्ये केही वहालवाला सरकारी कर्मचारी पनि रहेका छन् । वडा प्रहरी कार्यालयमा ल्याएर खुला दिसामुक्तको महत्व र प्रयोग बारे सचेत गराएर छाडीने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनु भयो । खुला दिसा नगर्ने लिखीत प्रतिवद्धता पछि छाडीने प्रहरी निरिक्षक गौतमले जानकारी दिनु भयो । वडा अध्यक्षसँगको समन्वय र अग्रसरतामा अब नगरलाई चाँडै खुला दिसामुक्त गराइने पनि प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले जनाउनु भयो ।

नेपालागञ्ज उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने कतीपयको घरमा शौचालय नभएपछि दवाब स्वारुप दुई वर्षदेखि सचेतना, अनुगमनलाई तिब्रता दिदै आइएको हो । २३ वडा रहेको उपमहानगरपालिकामा १६ वटा वडा खुला दिसामुक्त घोषणा भइसकेका छन् भने अझै ७ वटा वडा खुला दिसा मुक्त हुन बाँकी नै रहेको छ । उपमहानगरपालिकाले शौचालयमा दिसापिसाब गरी नगरलाई सफा सुग्घर बनाउनपर्ने सूचना बिभिन्न सञ्चारमाध्यममार्फत सर्वसाधारणका लागि जारी गरिरहेको छ भने अर्को तिर शौचालय निर्माणका लागि घर घरमा अनुगमनलाई तिब्रता दिएको छ ।