FAQs Complain Problems

समाचार

गरिवी निवारणका लागि प्रत्यक्ष लाभका कार्यक्रम ल्याउन जोड !!

नेपालगञ्ज,असोज ३० । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले गरिवी निवारणका लागि संचालित कार्यक्रमहरु गरिव परिवार प्रत्यक्ष लाभान्वित हुने खालका हुनुपर्नेमा बताउनुभएको छ । २७ औं अन्तर्राष्ट्रिय गरिवी निवारण दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले बिहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख राणाले गरिवी निवारणका लागि गरिव नागरिकले प्रत्यक्ष आम्दानी गर्न सक्ने कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गरिवी निवारणका लागि सरकारको पहल र प्रयास मात्रै सफल नहुने भन्दै निजी क्षेत्रले पनि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

राणाले स्थान र परिवेश अनुसार गरिवी निवारणका लागि फरक–फरक मापदण्ड हुने भन्दै प्रमुख राणाले गरिवीको रेखामुनी बसेका मानिसको जीवनस्तर सुधारका लागि गर्नुपर्ने कामका विषयमा सुझावको अपेक्षा गरिएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाललेनगर क्षेत्रमा गरिवी निवारण सम्बन्धिक कार्यक्रम संचालनका लागि सम्भाव्यता अध्ययन जरुरी भएको बताउनुभयो । विपन्न समुदायको जीवनस्तरमा सुधार ल्याउन सीपा विकासमा लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेश नम्बर ५ सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले समृद्धिका लागि व्यावसायिक सहकारिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै गरिवी निवारणमा सहकारी संस्था सहयोगी रहेको भन्दै सहकार्यका लागि प्रस्ताव गर्नुभयो ।

जिआईजेड स्थानीय तथाप्रादेशिक आर्थिक विकास कार्यक्रमका रामचन्द्र लामिछानेले गरिवी निवारणका लागि जिआईजेडले अनुभवका आधारमा काम गर्न खोजेको भन्दै स्थानीय स्तरबाट कार्यक्रमको बारेमा सुझाव लिईरहेको बताउनुभयो । कार्यक्रमका सहभागि सहकारी संघका अध्यक्ष सुवेदी, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह लगायतले दुग्दपदार्थबाट बन्ने रावडी लगायतको परिकारको नेपालगञ्जलाई ब्राण्ड बनाउन सकिने, यहाँको विरयानीको ब्राण्ड बनाउन सकिने लगायतका कार्यक्रम संचालन गरि गरिव तथा विपन्न समुदायका मानिसहरुको जीवनस्तर माथि उठाउन सहयोग पु¥याउन सकिने सुझाव दिनुभयो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका महिला तथा वाल बालिका शाखा प्रमुख प्रमुख महिला विकास अधिकृत शोभा शाहले नेपालगञ्जमा अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस औपचारिकताका लागि बनाएको नभई गरिवी निवारणका लागि नतिजामुखी योजना बनाउन फलदाही हुने विश्वास समेत गरिएको बताउनुभयो ।

Show in Slider: