FAQs Complain Problems

समाचार

धम्वोझीमा फुटवल एकेडेमी !!

नेपालगञ्ज असोज ९ गते– नेपालगञ्ज उपमहानगरपालिका वडा न १ मा धम्बोझीमा फुटबल एकेडेमी बन्दैछ । धम्बोझी विशालनगर चौक नजिकै फुटबल एकेडेमी निर्माण सुरु गरिन लागिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ वडा कार्यालयको सहकार्य र समन्वयमा बाँके जिल्ला फुटबल संघले फुटबल एकेडेमी निर्माण गर्न लागेको हो ।
फुटबल एकेडेमी अन्तर्गत पहिलो चरणमा मिनी फुटबल मैदानको निर्माण थालिएको छ । सोही स्थानमा अबदेखि एन्फा ग्रासरुट फुटबल कार्यक्रम अन्तर्गत १२ बर्ष मुनीका बालबालिकाहरुको फुटबल प्रशिक्षण सुरु गगरिदैछ । डोजर लगाएर मैदान निर्माण प्रारम्भ गर्दा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, सदस्य डम्बर थापा, वडा न २ का अध्यक्ष सुनिल सिंह हमाल, धम्बोझी युवा क्लवका अध्यक्ष तथा युवा व्यवसायी देवेन्द्र खड्का, बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाही लगायत निर्माण स्थलमा पुग्नु भएको थियो । एकेडेमीमा ८–१२ बर्ष उमेरका बालबालिकालाई प्रशिक्षणमा सहभागी गराउने लक्ष्य राखिएको संघका अध्यक्ष शाहीले बताउनु भयो । एकेडेमी स्थापनाका लागि तत्काल काम सुरुवात गर्न अखिल नेपाल फुटबल संघले ५ लाख एन्फा बाँकेलाई उपलब्ध गराएको छ ।

Show in Slider: