FAQs Complain Problems

नेपालगंज उप-महानगरपालिकाद्वारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न !!

नेपालगञ्ज उपमहानगरपालिकाले मिति २०७६ साल भदौ ८ गते आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रम यो ऐतिहासिक नगर हामी सवैको शहर भन्ने मूल नारालाई आत्मसात गरुी २०७४ असारबाट निर्वाचित जनप्रतिनिधिको रुपमा जिम्मेवारी सम्हाले यता ३ ओटा बजेट विनियोजन भैसकेको अवस्थामा संघ, प्रदेश र स्थानीय बजेट र योजनालाई कार्यान्वयन गरी नेपालगञ्ज नगरवासीहरुमा वृहत परिवर्तनको अनुभूति दिने प्रयासको थालनी भै सकेको यहाँहरु सवैमा जानकारी गराउन पाउदा हामी हर्षित छौं । सरोकारवाला सवैपक्षको समन्वय र सहकार्यमा हामी अगाडी बढिरहेका छौं । यही नीतिलाई अवलम्वन गरी अगाडी बढ्ने प्रयास गरिरहेका छौं । यो नगरको विकास प्रति हामी सवैको सकारात्मक चासोको विषयवस्तु बन्नुपर्दछ भन्ने मान्यता हामीले अंगिकार गरेका छौं । शहरी विकास मन्त्री र मेयर दुई होनाहार नेत्रृत्व यो नगरले पाएको छ । जसको सकारात्मक परिणाम यो शहरमा भै रहेको दु्रत विकासबाट मापन गर्न सकिन्छ । यद्दपी विकासका यि दुई हस्तिहरु विचको सम्वन्धलाई धुमल्याउने गरी अर्नगल प्रचारवाजी प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

नगरप्रमुख र शहरी विकासमन्त्री ज्यूको संयुक्त पाँग्राबाट यस नगरको विकासको रथ अगाडी बढ्ने कुरामा दुईमत हुन सक्दैन । तसर्थ, विकास निर्माणको कार्यलाई बाधक नबनाई हामी सवैको साझा अभियान बनाई अगाडी बढेर यस अभियानलाई सफल बनाउनमा सबैभन्दा बढि महत्वपूर्ण भूमिका सञ्चारकर्मीहरुको नै हुने हुनाले आज हामी राज्यको चौथो अंगसँग यो छलफल कार्यक्रमलाई अगाडी बढाएका छौं । नेपालगञ्जको समग्र विकासका लागि सकारात्मक सोच राखी तत्कालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजनाका साथ उपमहानगरपालिका अघि बढिरहेको सर्वविदितै छ । उपमहानगरपालिका परिवार तथा सञ्चारकर्मी ज्यूहरु, आ.व. २०७५।०७६मा सम्पन्न मुख्य मुख्य कार्यहरु ः आ.व.२०७५÷७६ मा जम्मा बिनियोजित बजेट रु.२ अर्व ८२ करोड १ लाख १४ हजार २८ मध्ये करिव रु.२ अर्व ३७ करोड ५७ लाख ६५ हजार १९ खर्च (८४.२४ प्रतिशत) भएको, क. सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण अन्तिम चरणमा रहेको, ख. आधुनिक ल्याण्डफिल्ड साईट निर्माण भई परीक्षणको रुपमा सञ्चालनमा रहेको, ग.एशियाली विकास बैंक मार्फत सञ्चालित परियोजनाबाट हालसम्म ३९ किलोमिटर नाला तथा ३३ किलोमिटर कालोपत्रे निर्माण भईसकेको छ, घ.लक्षितवर्ग कार्यक्रम अन्तर्गत ७ ओटा नगरवस रु.३ करोड ४५ लाख ५० हजार ७ सयमा खरीद भई सञ्चालन हुनेक्रममा रहेको, ङ.आ.व.२०७४÷७५ को वास्तविक आन्तरिक आय रु.१२ करोड १६ लाख संकलन भएकोमा गत आर्थिक वर्षको आन्तरिक राजश्व संकलन रु.१४ करोड ११ लाख संकलन भएकोमा यस आ.व.मा १७ करोड ४१ लाख संकलन हुने अनुमान गरिएको छ । च. सम्पत्तीकरको दर गत आर्थिक वर्षको भन्दा न्यून गरिएको छ भने व्यवसाय करको दरमा कुनैपनि वृद्धि गरिएको छैन, छ.मंगल मा.वि.मा गल्र्स कलेज निर्माणाधिन रहेको छ भने सल्यानीवागस्थित आधारभुत विद्यालयमा गल्र्स स्कुलको स्तरोन्नती कार्य सम्पन्न भईसकेको, ज. महेन्द्र बहुमुखी क्याम्पसको विविए तथा डिग्री ब्लक निर्माण कार्य सम्पन्न, झ. बागेश्वरी सपिड. कम्प्लेक्सको डिपिआर तयार भई ठेक्का प्रकृयामा रहेको, ञ.रानीतलाउ बोटिड.विहार पुननिर्माण तथा वडा न.४ मा चिल्ड्रन पार्क निर्माण भएको, ट. हाईमास्ट लाईट विपिचौकमा सम्पन्न तथा अन्य ८ स्थानमा निर्माणक्रममा रहेको, ठ.नगरप्रहरी र बारुणयन्त्रतर्फ १६ जना जनशक्ति थपगरी निरिक्षण शाखा प्रभावकारी बनाईएको, ड.१ थान दमकल, सक्सन टेक्टर १ थान, टिफर २ थान, टेक्टर ३ थान, रोलर १ थान खरीद गरि सञ्चालनमा ल्याईएको, ढ. सडकमर्मत ईकाई स्थापना गरी कार्यान्वयनमा ल्याईएको, त.नागरिक सहायता कक्ष र हेल्थ डेस्कको स्थापना गरिएको, थ.सोलारबत्ती, यात्रुप्रतिक्षालय, ट्राफिक बुथको स्थापना गरिएको, द.नेपालगञ्ज राजपत्र ३८ वटा प्रकाशन गरिएको, ज्ञ। न्यायिक समितिबाट १५ वटा उजुरी फछ्र्यौट भएको, द्द। कृषि विकास बैंक अगाडी धम्वोझि चोकमा आधुनिक शौचालय निर्माण कार्य सम्पन्न हुनुको साथै भेरी अञ्चल अस्पताल र नापी कार्यालय छेउमा व्यवस्थित शौचालयको निर्माणसम्पन्न तथा ११ ओटा वडाहरुमा शौचालय निर्माण अन्तिम चरणमा रहेको, घ। आ.व.२०५५÷५६ मा निर्माणभई हाल जिर्णअवस्थामा रहेका ३१ ओटा डिपवोरिङ्ग मर्मत संभार भई वडा न.१४ र २२ मा सञ्चालनमा आईसकेको छ, द्ध। ३ ओटा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको, छ। २५७ जना सिमान्तिकृत, गरिव तथा पछाडीपरेका महिला समुदायहरुलाई १ करोड ६३ लाख विनाधितो ऋण लगानी गरिएको, ट।

नगरकार्यपालिकाको कार्यालय लगायत सवै वडा कार्यालयहरुमा सिसि क्यामेरा जडान, ईन्टरनेट जडान गरिएको साथै कार्यालय परिसरमा भिडियो कन्फरेन्स हल निर्माण भईसकेको, ठ। वडा न.१ मा स्पोर्टस एकेडेमी (ग्रासरुट फुटवल मैदान, लनटेनिशकोर्ट तथा कार्यालय कक्ष) निर्माण कार्यसम्पन्न, ड। उपमहानगरपालिका पूर्ण खोप घोषणा गरिएको, ढ। प्लाष्टिकमुक्त अभियान सञ्चालनमा रहेको । ज्ञण्। गत आर्थिक वर्षमा बसपार्कमा ४२ ओटा नयाँ सटरहरु बनाईएको छ । साथै, कार्यालय परिसरमा ११ ओटा सटर निर्माणाधिन रहेको छ । ज्ञज्ञ। वडा न. १ मा स्वास्थ्य चौकी निर्माणाधिन रहेको छ भने वडा न.२३ र ४ मा निर्माण कार्य सम्पन्न भईसकेको छ, ज्ञद्द। वातावरण संरक्षण तथा हरियाली प्रवद्धन कार्यक्रम अन्तर्गत ल्याण्डफिल्ड साईट र सुर्खेतरोडमा करिव १००० ओटा विरुवा रोप्ने कार्य सम्पन्न भएको छ । साथै, वडा न.१ को सडकछेउमा ३८० ओटा गमलामा फुल तथा सो प्लाण्ट रोप्ने कार्य सम्पन्न, ज्ञघ। न्यूरोडको सौन्दर्यीकरण कार्य सम्पन्न तथा कान्तिताल परियोजना, काञ्जिहाउस निर्माणाधिन रहेको, ज्ञद्ध। वडाको विकास कार्यलाई छिटोछरितोरुपमा कार्यान्वयन गर्न सम्वन्धित वडा कार्यालयहरुबाट नै खाता सञ्चालन गर्ने कार्य सम्पन्न भएको, ज्ञछ। वडा न.१२ मा वडा कार्यालयको आफ्नै वडाभवन निर्माण कार्य सम्पन्न, ज्ञट। नेपालगञ्ज उपमहानगरको वृहत सरसफाईको लागि करिव १ करोड ३५ लाखको बोलपत्र सूचना प्रकाशित गरि टेण्डर प्रकृया अगाडी बढाईएकोछ, ज्ञठ। नेपालगञ्ज उपमहानपा वडा न.१ र १८ स्थित वाटरपार्क यसै आर्थिक वर्षबाट शुरुहुनेछ, ज्ञड। आकाशेपुलको डिपिआर तयार गरी प्रदेश सरकारसमक्ष समपुरक बजेट माग गरिएको छ, नेपालगञ्ज उपमहानगरपालिकाको भावी कार्यनीति ः ज्ञ। नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउनको लागि आवश्यक पहल शुरुभईकेको छ, द्द। नेपालगञ्जमा विश्वविद्यालय स्थापना तथा नेपालगञ्ज विमानस्थल स्तरोन्नतरीका लागि चालिएको अभियानलाई निरन्तरता दिईनेछ,, घ।

नेपालगञ्ज उपमहानगरपालिकाको आवधिक योजना निर्माण गरिनेछ, द्ध। घरवहाल दस्तुरलाई व्यवस्थित गर्न न्यूनतम घरवहालकर मापदण्ड तयार गरी लागू गरिनेछ, छ। करप्रणाली व्यवस्थित गर्न वडाकार्यालयहरुमा सफ्टवेयर जडान प्रकृयालाई अगाडी बढाईनेछ, ट। उद्योग वाणिज्य संघसँगको सहकार्यमा व्यवसाय कर उठाउने नीति अवलम्वन गरिनेछ, ठ। सार्वजनिक चासोको विकास निर्माण कार्यमा सवै सरोकारवाला सँग समन्वय गरी कार्यान्वयन गरिनेछ, ड। निर्वाचित जनप्रतिनिधिहरुको विविधतामा एकता कायम गरी विकास निर्माण कार्यमा एकजुट भई कार्यसम्पन्न गर्ने नीति अवलम्वन गरिनेछ, ढ। सरसफाई ढलनिकास, नगर सौन्दर्यिकरण, वातावरण संरक्षण, प्लाष्टिकमुक्त शहरको परिकल्पनालाई दु्रतरुपमा अगाडी बढाईनेछ, ज्ञण्। छाडापशु तथा अव्यवस्थित सवारीसाधनको उचित व्यवस्थापन गरिनेछ, ज्ञज्ञ। नगरलाई साक्षर नगर घोषणा गरिनेछ, ज्ञद्द। वडा न.१८ स्थित सुर्खेतरोडमा वडा कार्यालय तथा आयआर्जन वृद्धिका लागि भवन निर्माणको लागि डिपिआर तयार गरिनेछ, ज्ञघ। अस्पतालजन्य फोहरमैला व्यवस्थापन प्रकृया अगाडी बढाईनेछ, ज्ञद्ध। नगरकार्यपालिकाको हाताभित्र सौन्दर्यीकरण गरिनेछ, अन्त्यमा, नेपालगञ्ज उपमहानगरपालिकाबाट भए गरेका काम कारवाहीका बारेमा सम्पूर्ण सञ्चारकर्मी लगायत नगरवासीहरुबाट रचनात्मक सुझाव सहित साथ र सहयोगको अपेक्षा गर्दछौ । धन्यवाद ।

Show in Slider: