FAQs Complain Problems

नेपालगंज उप महानगरपालिकामा निशुल्क टोल फ्रि !!!

नेपालगंज उप महानगरपालिकामा निशुल्क  टोल फ्रि (फोन) सेवा संचालनमा ल्याइएको छ ।

उपमहानगरपालिकासँंग सम्वन्धित गुनासा, समस्या, जानकारी सजिलो र छिटो निशुल्क रुपमा सम्वद्ध कार्यालयबाट लिन सकिने गरि सो सेवा प्रारम्भ गरिएको हो ।

देशका कनै पनि स्थानबाट निशुल्क १६६०८१५२०५२ नम्बरमा कल गरिने व्यवस्था मिलाइएको उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम बर्माले जानकारी दिनु भयो । उक्त सेवाबाट उपमहानगरपालिकाका सम्पूर्ण जानकारी समयमै प्राप्त गर्न सकिने छ । यस नम्बरमा फोन गर्दा पैसा नलाग्ने भएको हुँदा सुचना प्रविधिको भरपुर प्रयोग गर्न पनि उपमहानगरपालिकाको सूचना तथा सञ्चार प्रविधि शाखाले जनाएको छ ।नेपालगंज उप महानगरपालिकामा निशुल्क  टोल फ्रि (फोन) सेवा संचालनमा ल्याइएको छ ।