FAQs Complain Problems

नेपालगञ्जका महत्वपूर्ण पुर्वाधार योजनाको मन्त्री पण्डितद्धारा स्थलगत अवलोकन !!

नेपालगञ्ज बैशाख ११ गते– अविलम्व सञ्चालन हुन लागेका नेपालगञ्जका महत्वपूर्ण पुर्वाधार योजनाको आज स्थलगत अवलोकन गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितसहितको टोलीले आज बुधबार विहान निर्माणाधिन अत्याधुनिक ल्याण्डफिलसाईट र बसपार्कको स्थलगत अवलोकन गर्दै आवश्यक जानकारी लिएको छ । नेपालगञ्ज उप–महानगरपालिका– २३ हिरमिनियामा निर्माणाधिन अत्याधुनिक ल्याण्डफिलसाईट र नेपालगञ्ज–४ स्थित बसपार्क निर्माण कार्यको अवस्थाबारे चासो राखीएको हो । नेपालगञ्जका प्रमुख डा। शवलशम्शेर राणासहित ल्याण्डफिलसाईट पुग्नु भएका मन्त्री पण्डितले ल्याण्डफिलसाईट निर्माण प्रक्रिया र फोहोर ब्यवस्थापन प्रविधी लगायतका विषयमा चासो राख्नु भएको थियो । क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ मार्फत ‘रम्की एण्ड एनएएनसी जेभी काठमाडौँ’ ले निर्माण गरिरहेको छ । ल्याण्डफिल साईट केही दिनभित्रै संचालनमा आउने गरि अन्तिमचरणको निर्माण कार्य भईरहेको प्रमुख डा राणाले मन्त्री पण्डीतलाई जानकारी गराउनु भएको थियो ।

अवलोकन टोलीलाई साइट निर्माणको प्रगती, फोहर वर्गीकरण, व्यवस्थापन लगायतका विषयमा परामर्शदाता इन्जिीनियर प्रकाशराज शिवाकोटीले जानकारी गराउनु भएको थियो । अवलोकनपश्चात मन्त्री पण्डीतले निर्माण कार्य सन्तोषजनक रहेको भन्दै धन्यवादज्ञापन गर्नु भयो । इन्जिनियर शिवाकोटी अनुसार ल्याण्डफिल्ड साइट निर्माण कार्य भइसकेको र अबको केही दिनमै फोहर सङ्कलन गरेर परीक्षणको रूपमा सञ्चालन गरीनेछ । बातावरण तथा सरसफाई इञ्जिनियर डिसीका अनुसार– नेपालगञ्जमा दैनिक २५ देखि ३० टन फोहर जम्मा हुन्छ । ल्याण्डफिल्ड साइटमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिनेछ ।
साढे चार बिघाः मा निर्माणधिन बसपार्कको पनि फीनीसीङको काम मात्र बाँकी रहेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नेपालगञ्ज उपमहानगरपालिकाका बातावरण तथा सरसफाई इञ्जिनियर प्रकाश डिसी लगायत पत्रकारको टोलीले अवलोकन गरेको थियो ।

Show in Slider: