FAQs Complain Problems

समाचार

नेपालगञ्जमा आर्थिक विकासमा टेवा दिने क्षेत्रको पहिचान !!

नेपालगञ्ज, माघ २९ । नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रको आर्थिक विकासमा टेवा दिने प्रमुख क्षेत्रहरु र आर्थिक क्षेत्रका मूल्य श्रृंखलाहरुको पहिचान गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजना तथा जर्मन सरकारको प्राविधिक सहयोगमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना अन्तर्गत् पहिलो चरणको कार्य प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषण कार्यक्रम सम्बन्धी सूचनामूलक प्रारम्भिक गोष्ठीमा यसको पहिचान गरिएको हो ।

नेपालगंज उप–महानगरपालिकाका उपप्रमुख उमा थापामगरको अध्यक्षतामा भएको कार्यक्रमका नगर प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जको आर्थिक विकास व्यापार, उद्योग, शिक्षा, स्वास्थ्य र पर्यटन खम्बाको रुपमा रहेको बताउनुभयो । नेपालगञ्जको आर्थिक विकासका लागि सबैभन्दा बढि लाभदायक क्षेत्रको पहिचान गर्न अति आवश्यक छ, नगर प्रमुख राणाले भन्नुभयो,– यसखालका कार्यक्रमले भविष्यको बाटो निर्धारण गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । उपप्रमुख मगरले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषणले

नेपालगञ्जको आर्थिक विकासको स्पष्ट मार्गचित्र कोर्नेमा बिश्वस्त भएको बताउनुभयो । यसबाट प्राप्त मार्गदर्शनलाई नगर सभामार्फत् कार्यान्वयन गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । यसैगरि सहभागी भै गहन छलफल लगायत क्षमता विकासको क्रममाहुनुहुन्छ यस सिकाईबाट आर्थिक विकासको प्रक्रियागत विश्लेष्णका क्षेत्रम दक्षजनशक्ति समेत नेपालगंजले प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भयो । यसैगरि स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाका सल्लाहकार क्रिस्टियनले विभिन्न देशहरुको अनुभवको आधारमा स्थानीय स्रोत, साधनको कुशलतापूर्वक परिचालन गर्नका लागि यो विधी महत्वपूर्ण हुने बताउनुभयो र परियोजनाका प्रतिनिधी रामचन्द्र लामिछानिले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नु भएको थियो । उक्तकार्यक्रमको सहजीकरण डा.तेजहरि घिमीरेले गर्नु भएको थियो, ।

कार्यक्रममा प्रदेशसभा सदस्य मो. याकुब अन्सारी,नेपालगञ्ज उपमहानगरपालिका सुशासन समितिका अध्यक्ष नरबहादुर बिष्ट,सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी लगायतले मन्तव्य राख्नुभएको थियो विष्लेषणले स्थानीय अर्थव्यवस्था र सम्भाव्यताको लेखाजोखा गर्नुका साथै स्थानीय अर्थव्यवस्थालाई उत्प्रेरित गर्ने क्रियाकलापहरुको पहिचान गर्दछ । साथै यसलाई सहभागितामूलक ढंगल क्रियाकलाप तथा परियोजनाहरुको पहिचान तथा तर्जुमा गर्न प्रयोग गरिन्छ । यसको उद्धेश्य स्थानीय अर्थतन्त्रलाई जागृत गर्नुको साथै यसमा देखिने जोखिमको सामना गर्न सक्ने क्षमतालाई सशक्त बनाउनु रहेको छ ।

Show in Slider: