FAQs Complain Problems

नेपालगञ्जमा उपमहानगरपालिकामा पोर्टल र मोबाइल एप्लीकेशन सेवा !

नेपालगञ्ज, जेठ २ गते ¬ नेपालगञ्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा ल्याइएको छ । उपमहानगरपालिकाको समग्र सेवा प्रवाहमा नगरवासीको पहुँच, सहजता, पारदर्शीता र जवाफदेहिताका लागि सञ्चार प्रविधीको उपयोगीता र व्यापकता बढाइएको हो । नेपालगञ्जमा यो प्रविधि निर्माण र सेवा प्रवाहले स्मार्ट सिटीको प्राररम्भिक शुरुवात भएको पनि संकेत देखाएको छ ।
काठमाडौ लीभीङ ल्याव्सको प्राविधिक सहयोगमा निर्मीत वेभसाइड र एप्लीकेशनको आज नेपालगञ्जमा एक समारोहबीच उदघाटन गरेर शुभारम्भ गरिएको छ । यो सेवा नेपालकै दोस्रो शहरका रुपमा नेपालगञजमा शुरु गरिएको हो । यस अघि निलकण्ठ नगरपालिकामा मात्र सेवा शुरु छ । प्रदेश न ५ प्रदेश सभा सदस्य कृष्णा केसी, यूएस आइडीका एन्टी क्रप्सन र गुड गभरनेन्स विषयका वरिष्ठ सल्लाहकार भिक्टोरिया अयर, नगर प्रमुख डा धवल शम्शेर राणाले संयक्त रुपमा ल्यापटपमा क्लीक गरेर सेवा शुरु भएको उदघोष गर्नु भयो । सभाषद केसीले प्रविधीलाई विकास र जनतासँग गासेर अघि बढनु अहिलकोे माग र आवश्यक्ता भएको उल्लेख गर्नु भयो । जनताको विश्वासलाई अवसरका रुपमा लिन आहवान गर्दै सभा सदस्य केसीले नेपालगञ्जलाई समृद्ध शहर बनाउनु सबैको दायित्व भएको बताउनु भयो ।
अयरले सेवालाई सबैको पहुँचमा ल्याउन सबैको साथ हुनुपर्ने आवश्यक्ता औल्याउनु भयो । नगर प्रमुख राणाले सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन अनेकन चुनौती भएपनि कन्जुस्याई नगरिने स्पष्ट पार्नु भयो । नगर उपप्रमुख उमा थापामगरले प्रविधीमैत्री सेवाले जनताको कामलाई सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नु भयो । जिल्ला समन्वय समितिका अध्यक्ष अजय कमार श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश बहादुर केसी, एफएचआई ३६०का विष्णु सापकोटा, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारु, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, राजनीतिक दलका तर्फबाट नेकपा माओवादीका गोपाल पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । वडा अध्यक्ष, नगरसदस्यसहित विशिष्ठ अतिथीको सहभागिता रहेको कार्यक्रममा वेभसाईडको सेवा बारे विस्तृत जानकारी गराइएको थियो ।
नयाँ नयाँ प्रविधीलाई भित्रयाउन उपमहानगरपालिका प्रतिवद्ध रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले एप्स सेवाले जनतालाई घरमै सेवासुविधा प्रदानसँगै भावी रणनीती बनाउन पनि आवश्यक सल्लाह सुझाव दिन आम जनतासँग अपील गर्नु भयो ।
मोबाइलमा प्ले स्टोरबाट नेपालगञ्ज उपमहानगरपालिका लेखेपछि एप्स देखाउने र एप्स डाउनलोड गरेर सम्पूर्ण तथ्य हेर्न सकिने  संगसंगै  स्मार्टफोन प्रयोगकर्ताको संख्या बढदै गएकाले सेवा प्रवाहमा सहजता र प्रभावकारिताका लागि मोबाईल एप्लीकेशन निर्माणको आवश्यक्ता बढेको हो उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम बर्माले जानकारी दिनु भयो । वेभसाइडमा उपमहानगरपालिकाको प्रोफाइल, वेजट, परियोजना, सेवा, संशाधन, सूचना तथा गतिवीधी, नक्शा आदि सम्पूर्ण तथ्यहरु समावेश छन् । वडाका सम्पूर्ण सेवा, योजना प्रगतीसँगै जनताले नगरप्रमुखसँग हटलाइनमा कुरा गर्नसक्ने सम्मको व्यवस्था मिलाइएको छ ।

Show in Slider: