FAQs Complain Problems

नेपालगञ्जमा पशु स्वास्थ्य शिविर ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १४ भवानियापुरमा शुक्रबार निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरकोउद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष ओमकारनाथमिश्राले शिविरबाट पशुपालक किसान लाभान्वित भएको बताउनुभयो । शिविरमा पशुको स्वास्थ्य जाँचसँगै निशुल्क रुपमा औषधिवितरण गरिएको नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाका प्रमुख लक्ष्मी शाहीलेजानकारी दिनुभयो ।

पशु चिकित्सक सहित पशु स्वास्थ्यकर्मीहरु गाउँमै पुगेर पशुचौपायको स्वास्थ्य जाँच तथा निशुल्क औषधी वितरण गरिएपछि वडाबासीले स्थानीयसरकारको अनुभुति गाउँमै गर्न पाएको वडा अध्यक्ष मिश्राले बताउनुभयो ।  नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाले शिविरसंचालन गरेको हो ।

Show in Slider: