FAQs Complain Problems

नेपालगञ्ज उपमहानगरपालिकाको पाचौ नगर सभा समापन २ अरव २८ करोड ८५ लाख ५४ हजारको बजेट पारित !!

नेपालगञ्ज असार १९– नेपालगञ्ज उपमहानगरपालिकाको पाचौ नगर सभाले आ.व २०७६÷०७७ का लागि सार्वजनिक गरेको दुई अरव २८ करोड ८५ लाख ५४ हजारको बजेट पारित गरेको छ । विनीयोजन विधेयक र आर्थिक विधेयक स्वीकृत गर्दै असार १० गतेदेखि जारी नगर सभा सकिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाले पेश गर्नु भएको नीती तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले यस अघि पेशगर्नु भएको वजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको हो । नगर उप–प्रमुख थापामगरले चालु खर्चतर्फ एक अर्व २१ करोड ४७ लाख ७२ हजार, पूँजीगत तर्फ एक अर्व ४ करोड ३७ लाख ८१ हजार विनीयोजित वजेट प्रस्तुत गर्नु भएको थियो । यस अघि वडाका लागि छुटयाइएको वजेटमा पनि थप गरिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाद्धारा सभामा प्रस्तुत आर्थिक विधेयकले कर, राजश्व संकलनलाई सहज र प्रभावकारी बनाइने विश्वास गरिएको छ । नगर सभा समापन समारोहमा २९ जनालाई कदरपत्रसहित सम्मान पनि गरिएको छ । उपपमहानगरपालिकाले कलाकार, सफल उद्यमी, पत्रकार, कर्मचारी गरि २९ जनालाई सम्मान गरेको हो ।

सम्मान समारोहमा बोल्दै नगर प्रमुख राणाले दुई वर्षे अवधीमा भौतीक पुर्वाधार लगायत महत्वपूर्ण कार्य गरिएको भन्दै नेपालगञ्जलाई चाडै नै विकासको उत्कृष्ट शहर बनाउने उदघोष गर्नुृ भयो । बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्स, नगरभवनमा बहुतले पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माण, नगर वस सञ्चालन आदिलाई प्राथमिकता दिईएको उहाँले बताउनु भयो । कर संकलनको दायरा फराकिलो बनाउँदै फुटपात र फोहरलाई व्यवस्थित गरिने पनि उहाँले जनाउनु भयो । उपमहानगरपालिकाले खेलाडी पे्रत्साहन कार्यक्रम पनि ल्याएको छ । राष्ट्रिय तथा अन्तर्राष्टिय खेलकुद प्रतियोगीतामा नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रतिनीधीत्व गर्दै विभिन्न पदक प्राप्त गर्ने खेलाडी तथा टीमलाई प्रोत्साहन स्वरुप नगद दिइनेछ । सो कालागि खेलाडी प्रोत्साहन कोष सञ्चालन गरिने उपप्रमुख थापामगरले जानकारी दिनु भयो । सौहार्दपूर्ण रुपमा सञ्चालित सभामा वडा अध्यक्ष तथा सदस्यले राख्नु भएको जिज्ञाशालाई नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सम्वोधनगर्नु भएको थियो ।

Show in Slider: