FAQs Complain Problems

बाल क्लवको वार्षिकोत्सवमा पुरस्कृत !!

नेपालगञ्ज, मंसीर ८ गते –वडा स्तरीय बाल क्लव सञ्जाल, नेपालगञ्ज उपमहानगरपालिका–१० ले आफनो दोस्रो वार्षिकोत्सवको अवसरमा विवीध कार्यक्रम गरेको छ । अन्तराृष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर सञ्चालित चित्र तथा लेखन प्रतियोगीताका विजेतालाई वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिएको छ । लेखनकलामा प्रथम दिपीका खानाल, दित्तिय रिया सोनी र तृतीय हुन सफल प्रशंसा जीएमलाई उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणा लगायतले पुरस्कार प्रदान गर्नु भयो ।

यस्तै चित्रकलामा प्रथम अनील भुजुवा, दित्तिय श्वेता कनोजीया र तृतिय कमलेश रैदासलाई पनि प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो । पुरस्कार प्रदान गर्दै नगर प्रमुख राणाले अतिरिक्त क्रियाक्लापले बाल विकासमा मद्यत पुग्ने भन्दै बाल कलवको प्रशंसा गर्नु भयो । सोही समरोहमा बाल क्लवको संस्थागत विकासमा योगदान पु¥याउने व्यक्ति, संस्था, विद्यालय गरि दुई दर्जनलाई कदर पत्र सहित सम्मान पनि गरियो । सञ्जालका अध्यक्ष ऋतिक शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष विन्दुभुषण बस्नेत, वडा सदस्य वसन्ता जोशी, नर वहादुर विष्ट लगायतले बोल्नु भएको थियो ।
सञजालका सचिव ज्यास्मीन शेषले दुई वर्षको सांगठनीक र प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संगीता बुढाक्षेत्रीद्धारा स्वागत गरिएको कार्यक्रमको सञ्चालन वसन्त वस्नेत र स्वीकृती शर्माले गर्नु भएको थियो ।

Show in Slider: