FAQs Complain Problems

वडा न १० मा क्यान्सर पहिचान शिवीर !!

नेपालगञ्ज, असार ७ गते – नेपालगञ्ज वडा न १० मा शनीबार पाठेघरको क्यान्सर पहिचान शिवीर सञ्चालन गरिएको छ । हेल्थकेयर अष्पताल तथा प्रसुती गृह (एचसीआरसी) सँगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले नेराप्रावि गोसाई गाँउमा शिवीर सञ्चालन गरेको हो । शिवीरमा स्थानीय शहरी स्वाथ्य क्लीनीकको पनि प्राविधिक सहयोग रहेको थियो । दिनभर सञ्चालित शिवीरमा एक सय २८ जनाको जाँच गरिएको थियो । एचसीआरसीका प्रसुती रोग विशेषज्ञ डा कुमार शान शाहद्धारा गरिएको जाँच परामर्शका क्रममा ६ जनामा पोजेटीभ अर्थात क्यान्सरको ंसंकेत देखीएको हो । क्यान्सर जचाउन नजाने प्रवतीलाई चीर्न वडामै सेवा दिइएको वडा अध्यक्ष विन्दुभुषण वस्नेतले जानकारी दिनु भयो ।

Show in Slider: