FAQs Complain Problems

समाचार

वाटरपार्क परियोजना अघि बढ्यो !!

नेपालगञ्ज, मंसिर ३० ।  नेपालगञ्ज नगर विकास समितिले वाटरपार्क परियोजनालाई अघि बढाउन महत्वपूर्ण निर्णय गरेको छ  । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख समेत रहनुभएका नगर समितिका अध्यक्ष डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले  परियोजना अन्तर्गत अस्थायी लालपुर्जाका लागि सूचना आव्हान  गर्ने निर्णय गरेको छ ।

यसैगरी वाटरपार्कको जग्गा बिक्रि वितरणका लागि मुल्य निर्धारण गर्न नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा मुल्य निर्धारण समिति गठन गरेको छ । यसैगरी बैठकले न्यूरोड सदरलाईनको जग्गा बिक्रिका लागि सूचना निकाल्ने निर्णय गरेको समितिका सदस्य तथा नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।

Show in Slider: