FAQs Complain Problems

समाचार

वीपी चोकमा 'हाइमास्ट लाइट' !!

नेपालगञ्ज, असोज २४ गते– नेपालगञ्ज विपीचौक स्थित भारी प्रकाशसहितको बत्ती(हाई मास्ट) जडान गरिएको छ । १६ मिटर उचाईको खीया नलाग्ने फलामे पोलमा जडीत ८ वटा लाइट एक साथ झलमल बालीएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाई मास्ट निर्माण उपभोक्ता समितीमार्फत सो बत्ती जडान गरेको हो । नेपालमै पहिलोपटक यती उज्यालो र शक्तिशाली हाई मास्ट जोडीएको हो । साँझपख आफै जल्ने र विहान आफै निभ्ने स्वचालित हाई मास्टको आज साँझ नगर प्रमुख डा धवल शमशेर राण र उपप्रमुख उमा थापमगरले स्वीच अन गरेर बाल्नु भयो ।

नगर प्रमुख राणाले हाई मास्टको सफल प्रयोगपछि थप क्षेत्रमा समेत बत्ती जडान गर्न सकिने विश्वास दिलाउनु भयो । क्रम्टन कम्पनीको सो मास्ट जडानमा करिव १४ लाख रुपैया लागेको उपभोक्ता समितिका अध्यक्ष नीजामुद्धिन सिद्यीकी(मुन्ना)ले जानकारी दिनु भयो । लखनउको पावर प्याक इलेक्ट्रीनिक कम्पनीमार्फत ल्याइएको मास्टको ३ वर्ष सम्म ग्यारेन्टी दिइएको पनि मुन्नाले जनाउनु भयो ।

Show in Slider: