FAQs Complain Problems

संविधान दिवसमा प्रभातफेरी लगायत कार्यक्रम !!

नेपालगन्ज, असोज ३ – संविधान दिवसका सन्दर्भमा नेपालगञ्जमा बिबिध कार्यक्रम गरिएको छ । ०७२ असोज ३ गते संविधान जारी गरिएको दिनको सम्झना गर्दै आज नगरमा प्रभातफेरी, प्रवचन तथा पुरस्कार वितरण लगायत कार्यक्रम गरिएको छ ।
संविधान दिवस मूल समारोह समितिद्धारा आज विहान प्रभातफेरी, प्रवचन लगायतका कार्यक्रम गरिएको हो । जनप्रतिनीधी, सरकारी प्रतिनीधी, सुरक्षाकर्मी र नागरिक अगुवा लगायतको सभागिता रहेको प्रभातफेरी जिल्ला प्रशासन कार्यालयबाट शुरु भई नेपालगञ्ज उपमहानगरपालिका परिसरमा पुगी सभामा परिणत भएको थियो । सभामा प्रदेश सभा सदस्य सुरेन्द्र हमालले जनताका प्रतिनीधीद्धारा निर्मीत संविधानले नागरिक अधिकार, विकास र समृद्धिको परिकल्पना गरेकाले सो कार्यान्वयनका लागि सबैको सामुहिक पहलको खाँचो रहेको बताउनु भयो । संविधानमा थुपै्र अधिकार रहेपनि त्यसको कार्यान्वयन र अपनत्ववोध गराउन नसकिएकोमा दुखेसो पोख्दै उहाँले सो जिम्मेवारीबाट कोही पनि पञ्छिन नमिल्ने बताउनु भयो ।

उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापामगरले संघीयता कार्यान्वयन गर्दै जनतालाई सहज सेवा प्रवाह गर्ने अभिभारा जनप्रतिनीधीको भएकाले कर्मचारी र नागरिकबीचको सहकार्यमा अघि बढन आहवान गर्नु भयो । जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले संघीयताको पूर्ण कार्यान्वयनमा सरकारले ढिलाई गरिरहेको भन्दै सम्वेदनशिल र जिम्मेवार हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, काँगे्रस बाँके सभापति किरण कोइराला, एमालेका अशोक कोइराला लगायतले शुभकामना दिनु भएको थियो । समारोहमा दिवसका अवसरमा सञ्चालित दुई दिने व्याडमिन्टन प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कार समेत प्रदान गरिएको थियो । नेपालगञ्ज वयाडमिण्टन क्लव सहजीकरणमा जनप्रतिनीधी तथा राष्ट्रसेवक कर्मचारबीच प्रतियोगिता भएको थियो । प्रतियोगितामा महिला युगलमा नगर कार्यवाहक प्रमुख उमाथापा मगर र मिना ढकाल तथा पुरुष युगलमा कुमार शान शाह र पुण्य प्रसाद ढकाल विजयी हुनु भएको थियो भने महिला युगल दित्तियमा तारा ओली र आशा विष्ट तथा पुरुषमा प्रमोद रिजाल र बलराम शाह हुनु भएको थियो ।

Show in Slider: