FAQs Complain Problems

सडक विस्तारका लागि घरबारी टोलमा र्याली !!

नेपालगञ्ज मंसीर १३ गते – नेपालगञ्जमा वजार सडक साँघरीएपछि विस्तारका लागि आवाज उठेको छ । नेपालगञ्जको पुरानो र मुख्य बजार घरवारी टोल साँघुरो भएपछि विस्तारको आह्वानसहित आज सडक विस्तार अभियान थालीएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा न २ वडा समितिको कार्यालयको अगुवाईमा सामुदायिक प्रहरी, बाल, यूवा क्लव, स्थानीय उद्योगी व्यवसायी लगायतको सहकार्यमा आज विहान धम्वोझी चौकबाट घरवारी टोल हुँदै त्रिवेडीमोड सम्म सडक विस्तारको नारासहित ¥याली प्रदर्शन गरियो । एशियाली विकास वैंक(एडीवी)को सहयोगमा नगरका अधिकांस सडक निर्माण र विस्तार भइरहेका बेला मुख्य बजारको सडक साँघुरो र जिर्ण रहेपछि अविलम्व विस्तार गर्न पहलकदमी लिइएको हो । एडीवीको सहयोगमा उपमहानगरपालिकामार्फत कालिकाले निर्माण गर्ने प्रक्रिया अघि बढेपनि विस्तारका लागि अधिकांस घर÷पसलको संरचना भत्काउनु पर्ने आवश्यक्ता छ । हाल कायम ७÷८ मिटर सडकलाई १० मिटर बनाउनु पर्ने प्रस्ताव समेत गरिएको छ । सहमतीमै सडक किनारका संरचना भत्काइएपछि चालु आर्थिक वर्ष भित्रै घरवारी टोल सडक बन्ने उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रमुख डा धवल शम्शेर राणा, उपपमुख उमा थापा मगर, प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, वडा अध्यक्ष सुनिल सिंह हमाल, नेपालगञ्ज उद्योग वाणीज्य संघका अधयक्ष नन्दलाल वैश्य लगायतको सहभागितामा ¥याली प्रदर्शन गरिएको हो । सडक विस्तार, समृद्धिको आधार, फुटेर हैन, जुटेर विकास गरौं, भन्ने प्लेकार्डसहित सहभागीले सडक विस्तारका पक्षमा नारा पनि लगाएका थिए । प्रदर्शन पश्चात आयोजित सभामा नगर प्रमुख डा राणाले विकास र निकासका लागि सामुहिक हातेमालोको आवश्यक्तामा जोड दिनु भयो । उपप्रमुख थापा मगर, सांसद हमाल, संघका अध्यक्ष वैश्यले पनि सडक विस्तारमा कोही पनि बाधक हुन नहुने भन्दै सबैको सहयोग रहने विश्वास व्यक्त गर्नु भयो । यस अघि सदरलाइन विस्तारमा पनि दवाव बढेपछि संरचना स्वस्फुर्त भत्काइँदै विकास बढाइएको थियो ।

Show in Slider: