FAQs Complain Problems

आयोजनाको स्थलगत अनुगमन !!

नेपालगञ्ज असार २७ गते – नेपालगञ्ज उपमहानगरपालिकाले बुधबार आधा दर्जन आयोजनाको स्थलगत अनुगमन गरेको छ । नगर स्तरीय अनुगमन तथा सपरिवेक्षण समितिका संयोजक एवं उपप्रमुख उमा थापा मगर नेतृत्वको टोलीले पुर्वाधार निर्माणसँग सम्वद्ध नगर र वडाका सम्पन्न र निर्माणाधिन आयोजनाको अनुगमन गरेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासीकीय अधिकृत तोयनारायण सुवेदी, जनप्रतिनीधी र प्राविधिकसहितको टोलीले वडा न ४ स्थित निर्माणाधिन बसपार्क, स्वाथ्य प्रवद्र्धन केन्द्रको भवन निर्माण, वडा न २२ कान्तीताल, वडा न १३ उदयपुर कालोपत्रे सडक नाली, वडा न ६ हडीया बाबा रोड आदिको अनुगमन गरको हो । अनुगमनका क्रममा बहुप्रतिक्षित बसपार्कको कार्य सुस्त गतीमा भएको, उदयपुर रोडको गुणस्तर कमजोर, कान्ती ताल निर्माण कार्य जारी रहेको, हडीयाबाबा रोड विस्तारमा अवरोध देखिएकाले आवश्यक पहल गर्नुपर्ने आदि देखिएको टोली संयोजक थापामगरले जानकारी दिनु भयो । अनुगमनमा उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्मा, सुरज गप्ता, वरिष्ठ आलेपअ खीमानन्द अर्याल, वडा न ९ का अध्यक्ष विष्णु लामा र कार्यपालिका सदस्य मञ्जु नेपाली रहनु भएको थियो ।

Show in Slider: