FAQs Complain Problems

उपमहानगरपालिकामा पुनः साझेदारी विकास कार्यक्रम !!

नेपालगन्ज, असोज ८– नेपालगन्ज उपमहानगरपालिकामा साझेदारी बिकास कार्यक्रम सञ्चालनमा ल्याइएको छ । बिगतमा गाऊँ नगर साझेदारी कार्यक्रमका रुपमा सञ्चालन गरिएको कार्यक्रम उपमहानगरपालिकाले पुनः साझेदारी बिकास कार्यक्रम सञ्चालन कार्यवीधी २०७५ अनुसार गरीबीको रेखामुनी रहेका ब्यबसाय गर्न इच्छुकलाई मध्यनजर गर्दै सोमबार ऋण दिई कार्यक्रम सञ्चालन गरिएको हो । नगरका २३ वटै वडामा साझेदारी कार्यक्रम सञ्चालन गरिने भएपनि अहिले प्रथम चरण अन्तर्गत ६ वटा वडाका २१ वटा ब्यक्ति र समूहलाई ७ लाख ७५ हजार बराबर रूपैयाको ऋण दिईएको उपमहानगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीले जानकारी दिनु भयो । नगर कार्यपालिका सदस्य देउमल सुनार नेतृत्वको टोलीले आज वडा कार्यालयमै पुगेर सम्वन्धित उद्योगी÷व्यवसायीलाई ऋण बितरण गरेको हो । सो रकमबाट विभिन्न आय आजर्न र व्यवसाय सञ्चालन गरिनेछ ।

सोमबार वडा नम्बर १२ का हंश राज चिडिमारलाई फर्निचर उद्योग सञ्चालनका लागि ५० हजार बराबरको चेक हस्तान्त्रण गरी कार्यक्रम सुरुवात गरिएको हो । कार्यपालिका सदस्य सुनार र वडा नम्बर १२ अध्यक्ष बुद्धि सागर सुबेदीले चीडिमारलाई चेक हस्तान्त्रण गर्नुभएको हो । कार्यक्रमका सामाजिक परिचालक रुक्मेणी गुप्ता, शान्ता पौडेलसमेतको सो टोलीले वडा न १, २, ७, ८ र २२ को वडा कार्यालयमा पुगी चेक हस्तान्तरण गरेको छ । व्यवसायीले चेक प्राप्तीपछि खुसीसहितको धन्यवाद प्रकट गर्दै रकमको प्रभावकारी सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Show in Slider: