FAQs Complain Problems

उपमहानगरपालिका प्रमुख राणा र भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिबीच भेटवार्ता !!

नेपालगञ्ज, फागुन–५ गते– नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवल श्मशेर राणा र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच आइतबार भेटवार्ता भएको छ । नेमकिपा बाँके जिल्ला सम्मेलनका क्रममा नेपालगञ्ज आउनु भएका प्रजापति र वडा न ६ का वडा अध्यक्ष हरिराम सुवालसहितको टोलीले उपमहानगर प्रमुख डा राणालाई विहान कार्यकक्षमै भेट गरेर आपसी अनुभव साँटासाट गरेको हो ।
उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, नेकपाका यूवा नेता रत्न खत्री समेतको उपस्थिती रहेको भेटमा नगरको समग्र विकासमा आआफनो अनुभव, आपसी समन्वय र सहकार्यको पाटोमा छलफल गरिएको थियो । भेटमा विशेषतः नेपालगञ्जको शैक्षिक विकास बारे छलफल भएको उपमहानगरपालिकाका प्रवक्ता रिजालले जानकारी दिनु भयो ।
नगर प्रमुख राणाले नेपालगञ्जमा स्थापना गर्न लागिएको छात्रा कलेज सञ्चालनका विषयमा भक्तपुरका नगर प्रमुख प्रजापतिसँग खोप्पा इन्जिनियरिङ कलेजको अनुभव बारे जिज्ञाशा राख्नु भएको थियो । भक्तपुर नगरपालिकाले खोप्पा कलेजसँगै अन्य कलेजहरु पनि सञ्चालन गरेको छ । नगर प्रमुख प्रजापतिले कलेज सञ्चालन र व्यवस्थापन बारे आफनो अनुभव सहित आवश्यक सहयोगको प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो । यस अघि नेपालगञ्ज उपमहानगरपालिका प्रवक्त एवं वडान १ का अध्यक्ष रिजाल नेतृत्वको एक टोलीले सो कलेज सञ्चालनको स्थलगत अध्यन समेत गरेको थियो । नेपालगञ्जमा छात्रा कलेज सञ्चालनका लागि उपमहानगरपालिकाले यसपाली आठ करोड वजेट समेत वीनीयोजन गरिसकेको छ ।

Show in Slider: