FAQs Complain Problems

जग्गाधनी पूर्जाहराएको सिफारिस

लाग्ने समय: 
आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नगरसभाले तोकेबमोजिम
आवश्यक कागजातहरु: 
  1. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2. चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  3. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
  4. निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का
प्रक्रिया: 
  1. निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने
  2. वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  3. निवेदन दर्ता गर्ने
  4. तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  5. निवेदकले तोकिएको शुल्क बुझाउने
  6. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
नमुना फाराम तथा अन्य: