FAQs Complain Problems

जलवायु अनुकुल योजना तथा विपद व्यवस्थापन समिति निर्माण

नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय विपद जोखीम व्यस्थापन योजना तर्जुमा निर्देशीका अनुसार वडा अध्यक्ष, कार्यपालिका सदस्य, सम्वद्ध विज्ञ, सम्वद्ध संस्था सदस्य रहने गरि समिति निर्माण गरेको हो । अक्सफामसँगको सहयोग तथा बि गु्रपसँगको सहकार्यमा नगरमा शहरी केन्द्रका लागि उत्थानशिलता अभिवृद्धि र जलवायु परिवर्तन अनुकलन कार्यक्रम पनि सञ्चालनमा छ । उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाको संयोजकत्वमा उपमेयर उमाथापा मगरसहितको उक्त समितिले जलवायु अनुकल विकास संरचना, योजना र बातावरण सिर्जना गर्नेछ ।