FAQs Complain Problems

नेपालगञ्जको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा बैकिङ सहकार्य |

नेपालगन्जको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा बैकिङ सहकार्य गरिदैछ । नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा भइरहेको वैकिङ क्षेत्रसँगको निरन्तर छलफलबाट नगरको सौन्दर्यकरणसँगै शान्ति सुरक्षामा समेत जोड दिन लागिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशमशेर राणाको अध्यक्षतामा बसेको वैठकमा बैंकर्सले नगरको सरसफाई, ट्राफिक व्यवस्थापन र सिसि टिभी जडानका लागि आर्थिक सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
होटेल व्यवसायीसँगको सहकार्यमा सुर्खेत रोड ग्रीन वेल्टमा विरुवा रोपेको उपमहानगरपालिकाले अव सबै खाले बैंकहरुको सहयोगमा फोहर व्यवस्थापनका लागि डस्टविन राख्ने, यातायात पार्किङका लागि मार्किङ, स्थल व्यवस्थापन गर्ने र जनधनको सुरक्षार्थ सम्वेदनशील स्थानमा सिसी टिभी जडान गर्ने लगायतको तयारी गरेको छ ।
नेपालगन्जस्थित वाणीज्य, विकास वैंक लगायत वैकिङ क्षेत्रका प्रमुख एवं प्रतिनधीले नगरको सुन्दरता, सुरक्षा र सरसफाइमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेको उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खीमानन्द अर्यालले जानकारी दिनुभयो  ।
अर्यालका अनुसार बंैकको आर्थिक सहयोगलाई कोषमा जम्मा गरी व्यवस्थित परिचालन गरिने छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयकासँगको समन्वयममा ट्राफिक व्यवस्थापन र प्रहरी कार्यालयको सहकार्यमा सीसी टिभी जडान गरिने उपमहानगरपालिकाका प्रमुख ज्युले जानकारी दिनु भयो । नगरको समग्र शान्ति, सरुक्षा र सरसफाईमा सबैसँगको हातेमालाकोे पनि उनले अपील गर्नुभयो  ।

 

नेपालगञ्जको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा बैकिङ सहकार्य गरिदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा भइरहेको वैकिङ क्षेत्रसँगको निरन्तर छलफलबाट नगरको सौन्दर्यकरणसँगै शान्ति सुरक्षामा समेत जोड दिन थलीएको समाचार स्थानीय पत्रपत्रिकामा ।

 

Supporting Documents: