FAQs Complain Problems

नेपालगञ्ज उपमहानगरपालिकामा आम औषधी सेवन कार्यक्रम शुरु !!

नेपालगञ्ज, माघ २५ गते । नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन अभियान शनिबारदेखि सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यालयमा शनिबार नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशसकीय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्ष सुनिलसिंह हमाल, बुद्धिसागर सुवेदी लगायतले औषधी सेवन गरेर अभियानको सुभारम्भ गर्नुभयो ।

 

औषधी सेवन गरेपछि नगर प्रमुख राणा र उपप्रमुख मगरले निर्धक्क भएर औषधी सेवन गर्न नगरबासीसँग आग्रह गर्नुभयो । उपप्रमुख थापा नेतृत्वको टोलीले नगरका विभिन्न बुथमा पुगेर अभियानको अनूगमन गर्दै सबैलाई औषधी सेवनका लागि आग्रह गरिरहेको छ । नेपालगञ्जमा एक लाख ७३ हजार जनसङ्ख्या मध्ये एक लाख ४५ हजारलाई औषधी खुवाउने लक्ष्य राखिएको छ । नगरभित्र ९४ वटा बुथमा ११४ जना स्वास्थयकर्मी र २०१ ज्ना महिला स्वास्थ्य स्वयमसेविका परिचालित भएको स्वास्थय शाखा प्रमुख डिल्ली पोखरेलले जानकारी दिनुभयो । बाँकेमा फागुन ५ गतेसम्म अभियान संचालन हुनेछ ।

Show in Slider: