FAQs Complain Problems

समाचार

नेपालगञ्ज विमानस्थलमा पनि हेल्थ डेस्क !!

नेपालगञ्ज, फागुन २२ । बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिन नेपालगञ्ज उप–महानगरपालिकाले नेपालगञ्ज विमानस्थलमा समेत हेल्थडेस्क सञ्चालन गरेको छ ।  नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बिहिवारदेखि सञ्चालन गरिएको हेल्थडेस्कमा विहान ५ बजेदेखि नै स्वास्थ्यकर्मी खटिएको जानकारी दिनुभयो । नेपालगञ्ज उप–महानगरपालिकाले यसअघि जमुनाह नाकामा कोरोना भाईरसको चेकजाँचका लागि हेल्प डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपुर्ती शाखाका प्रमुख चुडामणी भण्डारी सहितको टोलीले बिहिवार हेल्थडेस्कको स्थलगत अनूगमन गरि आवश्यक जानकारी लिएको छ । स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले विहान ७ वजेदेखि राती ७ बजेसम्म २÷२ जना स्वास्थ्यकर्मी हेल्पडेस्कमा परिचालन गरिएको जानकारी दिनुभयो ।

हेल्थ डेस्कमा शङ्काष्पद विरामी फेला परेमा भेरी अस्पतालमा थप अनुसन्धान र उपचारका लागि पठाउने तयारी छ । चन्दले नेपालगञ्ज उपमहानगरपालिकाले जनचेतनामुलक अभियान पनि सञ्चालन गरिरहेका छौं ।  हेल्थडेस्कमा इन्फाईड थर्मोमिटरको माध्यमबाट विारमीको तापक्रम मापन गर्ने गरिएको छ । हालसम्म जमुनाह नाकामा रहेको हेल्प डेस्कमा एकजना पनि शङ्काष्पद विरामी फेला परेका छैनन ।

Show in Slider: