FAQs Complain Problems

प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता नेपालगन्जमा शुरु !

प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता नेपालगन्जमा शुरु

नेपालगन्ज चैत २८– कलेज स्तरिय प्रथम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता नेपालगन्जमा शुरु भएको छ । स्थानीय तहमा जनप्रतिनीधी आएपछि नेपालगन्जमा पहिलो पटक मेयर कप नामले सो प्रतियोगिता संचालन भएको हो । नेपालगन्जका मेयर डा. धवलशमशेर राणाले बुधबार एक समारोहबीच रेफ्री बिक्रम श्रेष्ठलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गर्नु भयो । प्रतियोगिताको उद्घाटन गर्दै मेयर राणाले स्थानीय स्तरको प्रतियोगिताहरुबाट प्रतिभावान खेलाडीहरु उत्पादन भई खेल विकासमा मद्यत पुग्ने बिश्वास ब्यक्त गर्नु भयो । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा संचालित सो प्रतियोगितामा स्थानीय ६ वटा कलेजको सहभागिता रहेको छ । उद्घाटन खेलमा होलील्यान्ड उच्च मावि नेपालगन्ज विजयी भएको छ । मोडन पब्लिक उच्च माविलाई ४४ रनले पराजित गर्दै होलील्यान्ड उच्च माविले विजयी शुरुवात गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको होलील्याडले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । उसका लागि विजय चौधरीले ५३, अनिमेश शाहीले १४ रन बनाएका थिए । मोडनका बलर बिपुल शर्माले ३ विकेट लिएका थिए । जवाफी ब्याटिङमा आएको मोर्डन पब्लिकले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै मात्र ९६ रन मात्र बनाउन सक्यो । होलिल्यान्डका बलर सागर थापाले ३ तथा अरविन्द्र घिमिरेले २ विकेट लिए । प्रतियोगितामा नेपालगन्जस्थित होलिल्याण्ड , मोर्डन उच्च माबि, एबिसी रेसिडेन्सियल स्कुल, होप ईन्टरनेशनल जिभिएन र बा्रईटल्यन्ड कलेज लगायतको सहभागिता रहेको छ । प्रतियोगितामा विहिवार होप ईन्टरनेशनल र ब्रइटल्यन्ड मावि तथा जि भि एन र मोडन विच खेल हुने छ । प्रतियोगितामा ६ कलेजको सहभागिता रहेको छ ।

Show in Slider: