FAQs Complain Problems

समाचार

प्रमुख जिल्ला अधिकारी केसीको बिदाइ !!

नेपालगञ्ज, साउन १४ गते– बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई कदर पत्रसहित बिदाई गरिएको छ । गत साउन २८ गते बाँकेको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हालेको वर्ष दिन नपुग्दै मोरङको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएपछि उहाँको बिदाई गरिएको हो । मृदुभाषी, समन्वयकारी तथा विकास प्रेमी छबी बनाउनु भएका केसीलाई आज नेपालगञ्ज उपमहानगरपालिकाले कदर पत्र, दोसल्ला, फूलमालाले सम्मान गर्दै विदाई गरेको हो । उहाँ आज नै बाँके छोडदै हुनुहुन्छ ।

जनप्रतिनीधी, कर्मचारी लगायतको उपस्थिती रहेको उपमहानगरपालिकाको विदाई समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी केसीले सबैको साथ र सहयोगले जिल्लाको शान्ति, सुरक्षाको स्थिती मजवुत देखिएको बताउनु भयो । विकास निर्माणमा उपमहानगरपालिका लगायतका पक्षसँग समन्वय तथा सहजीकरणको शुरुवात भएको भन्दै उहाँले नगरको सीसीटीभी जडान, भूमि व्यवस्थापन, दुर्घटना न्यूनीकरणका पहललाई अझै सार्थक र प्रभावकारी बनाउन बाँकी रहेको बताउनु भयो । नगर प्रमुख डा धवल शम्शेर राणाले जनताको भावनालाई आत्मसाथ गरेर बढने केसीको स्वभावले नगरको विकास निर्माण ठुलो मद्यत मिलेको बताउनु भयो । उपप्रमुख उमा थापामगरले विकासका काममा सहजीकरण गर्ने जिम्मेवारीले जनप्रतिनीधीलाई थप हौसला थपेको विश्वास व्यक्त गर्नु भयो । वडा अध्यक्षहरुका तर्फबाट वडा न १ का अध्यक्ष प्रमोद रिजालले शुभकामना दिनु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष, कर्मचारीले अंगोछा, फूलमाला र अवीर लगाएर प्रमुख जिल्ला अधिकारीको आगामी कार्यकालको सफलताको कामनासहित विदाई गरेका थिए ।

Show in Slider: