FAQs Complain Problems

बाँकेमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा !!

नेपालगञ्ज, फागुन १८ गते – बाँकेमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याइएपछि दर्ता सहयोगीहरु गाउँ÷टोलमा खटीएका छन् । तपाईको स्वास्थ्य हाम्रो अठोट भन्ने मुल नाराका साथ नेपाल सरकार स्वास्थ्य बीमा बोर्डद्धारा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो । ४० औं जिल्लाका रुपमा बाँकेमा विहीबार देखि स्वास्थ्य विमा सदस्यता दर्ता शुभारम्भ गरिएको हो । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोख्रेलले जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष अजयकुमार श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणलाई कार्ड प्रदान गरेर दर्ता शुभारम्भ गर्नु भएको हो । प्रमुख अतिथी रहनु श्रीवास्तवले बीमा कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्नु सामाजिक उत्तरदायित्व भएको बताउनु भयो । विशेष अतिथी राणाले कार्यक्रमको व्यापकता र प्रभावकारिताका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, शल्यक्रिया, प्रयोगशाला, औषधी लगायतका सेवामा निशुल्क व्यवस्था गरिएको छ । प्रत्येक वडामार्फत नियुक्त गरिएका दर्ता सहयोगीहरुले घरदैलो गरेर सदस्यता दर्ता गर्ने गर्दछन् । बाँकेमा हाल ८१ जना दर्ता सहयोगीले आआफनो वडामा स्वास्थ्य बीमा परिचय पत्र बनाएर सेवा प्रारम्भ गरिरहेको वोर्डका बाँके जिल्लास्थित दर्ता अधिकारी प्रकाश थपलीयाले जानकारी दिनु भयो । ५ जना सम्मको परिवारले वार्षिक रुपमा दुई हजार ५ सय तिर्नु पर्ने हुन्छ भने सो भन्दा बढी सदस्य भए प्रति थप सदस्य ४ सय २५का दरले तिर्नु पर्ने हुन्छ । वोर्डले स्वास्थ्य बीमा कार्यक्रम बारे यस अघि नै दर्ता सहयोगी, स्वाथ्यकर्मी लगायत सरोकारवाला सबैलाई अनुशिक्षण दिइसकेको छ ।

Show in Slider: