FAQs Complain Problems

समाचार

मुस्लिम अनाथ बालबालिकालाई राणाको सहयोग !!

नेपालगञ्ज, मंसीर २४ गते – नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले आफनो एक महिनाको तलव मुस्लिम अनाथ बालबालिकालाई प्रदान गर्नु भएको छ । आफुले पाउने तलवभत्ता ब्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गर्नु भएका नगर प्रमुख राणाले आज अनाथ बालबालिका अध्ययनरत मदरसा गौसिया जाउल इस्लामलाई ५० हजार दिनु भएको हो ।

नगर प्रमुख राणाले जाडोमा न्यानो लुगा÷कपडा किन्नका लागि सो रकम प्रदान गर्नु भएको हो । मुस्लिम समुदायका अगुवासहितको भेलामा उपस्थित डा राणाले सो रकम बराबरको चेक मदरसाका अध्यक्ष मोहम्मद याकुम हलवाई हस्तान्त्रण गर्नु भएको हो । नगर प्रमुख राणाले सबै समुदायलाई समान नजरले हेरेको भन्दै आपसी सहिष्णुताले नै नगर विकासमा मदत पुग्ने विश्वास व्यक्त गर्नु भयो । भ्रष्टाचारले विकास हुन नसक्ने भन्दै उहाँले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिवद्धता दोह¥याउनु भयो । राणाको सहयोगप्रति खुसी व्यक्त गर्दै अध्यक्ष हलवाईले धन्यवाद प्रकट गर्नु भयो । नगर प्रमुख राणाले यस अघि पनि महिनावारी तलव तथा भत्ता सार्वजानिक र मानव हितमा सहयोग गरिसक्नुु भएको छ ।

Show in Slider: