FAQs Complain Problems

मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम पुनः नेपालगञ्जमा शुरु !!

नेपालगञ्ज, जेठ २८ गते–नेपालगन्ज उपमहानगरपालिकाले मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम आजदेखि नेपालगञ्जमा शुरु गरेको छ । 
मेलमिलापकामाध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन उपमहानगरपालिका र सामुदायिक मेलमिलापकर्ता समाज नेपालले दोस्रो चरणको तालिम सञ्चालन गरेको हो । 
जिआईजेटको सहयोगमा सञ्चालित तालिममा उपमहानगरपाालिकाका १२ वटा वडाका ३६ जना सहभागी हुनुहुन्छ । यस अघि सञ्चालित तालिममा ११ वडाका ३३ जना सहभागी हुनुहुन्थ्यो । विवादको साटो, मेलमिलापको बाटो भन्ने नाराका साथ शुरु तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध पाटोमा सहजीकरण गरिनेछ । 
उदघाटन समारोहलाई सम्वोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाले हरेक कदममा विवाद आइरहने हुनाले धेरै जसो समय विवाद मिलाउनमै गइरहेको तितो यथार्थता व्यक्त गर्नु भयो । मेलमिलामकर्तामार्फत विवाद निरुपण हुने बातावरण सिर्जना भए विकास निर्माणले थप गती लिने नगर प्रमुख राणाको विश्वास थियो । 

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका प्रमुख उमा थापा मगरले न्यायका लागि मेलमिलापको माध्यम उपयुक्त भएको भन्दै यसको व्यापकता र प्रभावकारिता मेलमिलापकर्तामा निर्भर रहने बताउनु भयो । 
मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयन गर्न प्रभावकारी रहने हुनाले मेलमिलाप प्रक्रियालाई उपमहानगरपालिकाले प्राथमिकता साथ अवलम्वन गर्नु पर्ने उहाँले आवश्यक्ता औल्याउनु भयो । 
प्रशिक्षक एवं सामुदायिक मेलमिलापकर्ता समाज नेपालका अध्यक्ष शोभा वस्नेतले मेलमिलापको माध्यमबाट समाजलाई रुपान्तरण गर्न सकिने भन्दै मेलमिलापको विषयलाई उपमहानगरपालिकाले योजनागत रुपमा प्रक्रियामा राख्न माग गर्नु भयो । 
नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समितिका सदस्यद्धय देउमल सुनारले स्वागत गर्नु भएको तालिम उदघाटन समारोहको सञ्चालन उपमहानगरपालिका कानून शाखा प्रमुख माया शर्माले गर्नु भएको थियो । 
तालिममा मुख्य प्रशिक्षक शोभा वस्नेत, प्रशिक्षक राधेश्याम थारु, नेपालगञ्ज उपमहानगरपालिका कानुनी सल्लाहकार तथा अधिवक्ता लोक बहादुर शाह लगायतले सैद्धान्तिक तथा व्यवरिक रुपमा सहजीकरण गर्नु हुनेछ ।

Show in Slider: