FAQs Complain Problems

वडा न १८ मा दर्जन बढी सेवा निशुल्क !!

नेपालगञ्ज १६, स्थानीय सरकारले चौतर्फी कर बढाईरहेको चर्चा चलीरहेका बेला नेपालगन्ज उप–महानगरपालिकाको एउटा वडाले भने दर्जनबढी सेवा निशुल्क गरिएको जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा न १८ ले आफ्नो वडाले दिने दर्जन बढी सेवाहरु निशुल्क गर्ने घोषणा गरेको हो । वडामा आउने सेवाग्राहीले जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाईसराई, नागरिकता सिफारिस, नावालक सिफारिस, स्वास्थ्य उपचार सिफारिस, छात्रबृत्ति (स्वदेश) सिफारिस निशुल्क सेवा दिने निर्णय गरिएको वडा न १८ का अध्यक्ष दिपक वर्माले जानकारी दिनु भयो । ।

यस्तै विपन्न विद्यार्थी सिफारिस, आर्थिक अवस्था सिफारिस, अपाङ्ग सम्बन्धित, बाल तथा युवा क्वलहरुलाई आर्थिक तथा खेलकुद सिफारिस, कृषि औजार सामाग्री तथा विउ विजन सिफारिसलाई निशुल्क दिने निर्णय गरेको वडा कार्यालयले जनाएको छ । केही दिन अघि नेपालगञ्ज उपमहानगरपालिकाले कर नबढाइएको भन्दै सार्वजनिक अपील समेत गरेको थियो ।

Show in Slider: