FAQs Complain Problems

समाचार

विपद व्यवस्थापनमा सामुहिक सहकार्य !

विपद व्यवस्थापनमा सामुहिक सहकार्य

नेपालगञ्ज बैसाख १९ गते – प्राकृतिक विपदको सहज सामनाका लागि सबैको सामुहिक सहकार्य आवश्यक रहेको एक कार्यक्रममा औल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बुधबार भएको नगरस्तरिय जलवायु अनुकुलन योजना पुस्तीकाको विमोचन, अनुभव आदान प्रदान तथा विपद वयवस्थापन समिति पुनर्गठन कार्यक्रममा सो कुरा औल्याइएको हो । अक्सफामसँगको सहयोग तथा बि गु्रपसँगको सहकार्यमा नगरमा जलवायु परिवर्तन अनुकलन कार्यक्रम सञ्चालनमा छ । विपद विज्ञ, वडा अध्यक्ष, वडा सदस्य, विपदमा कार्यरत सामाजिक अभियन्ता लगायतको सहभागिता रहेको कार्यक्रममा विपदबाट हुने क्षती न्यूनीकरण गर्न सरकार क्रियाशिल रहेपनि सो को पहलले मात्र सम्भव नहुने भएकाले सम्वद्ध सवैको उत्तिकै जिम्मेवारी हुनुपर्ने ठहर गरियो ।

नगरस्तरिय जलवायु अनुकुलन योजना पुस्तीकाको विमोचन गर्दै नगर प्रमुख डा धवल शम्शेर राणाले विपद पर्व तयारी र सेचतना नै विपद सामनाको भरपर्दो माधयम हुन सक्ने बताउनु भयो । नगर उपप्रमुख उमा थापामगरले नागरिक स्वयं सचेत भए विपदको सहज सामना गर्न सकिने विश्वास व्यक्त गर्नु भयो । क्लीन स्वच्छ उर्जा नेपालका प्रवन्धक राजन थापाले अनुकलन योजनाको विषयमा प्रकाश पार्नु भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा यस अघि गठित जलवायु अनुकुल योजना तथा विपद व्यवस्थापन समितिको पुनर्गठन गरिएको छ । नगर प्रमुख राणाको संयोजकत्वमा उपमेयर उमाथापा मगरसहित वडा अध्यक्ष, कार्यपालिका सदस्य,सम्वद्ध विज्ञ, सम्वद्ध संस्था सदस्य रहने गरि ४७ सदस्यीय समिति निर्माण गरिएको हो । समितिले जलवायु अनुकल विकास संरचना, योजना र बातावरण सिर्जना गर्नेछ ।

Show in Slider: