FAQs Complain Problems

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपालगञ्जमा दन्त शिविर !!

पाँच सय पाच जनाको दाँत परिक्षण

नेपालगञ्ज, चैत्र–५, विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपालगञ्जमा मंगलबार सञ्चालन गरिएको निःशुल्क दन्त शिविरमा पाँच सय बढिले स्वास्थ्य परिक्षण गराएका छन् । विश्व मुख स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा नेपालगञ्ज उपमहानगरपालिकाको मूल गेट अगाडी आयोजना गरिएको शिविरमा पाँच सय पाँच जनाले दन्त परिक्षण गराएका हुन् । शिविरको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले आफ्नो दाँत परिक्षण गराएर शिविरको उदघाटन गुर्नुभएको हो । से आहा, थिंक माउथ, थिंक हेल्थ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल डेन्टल एसोशिएसन बाँकेको आयोजना तथा गुरुकुल सहकारी संस्थाको समन्वयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा सर्वसाधारणको दन्त परिक्षण, दाँत माझ्ने तरिका सिकाउनुका साथै ब्रस र मन्जन पनि निःशुल्क प्रदान गरिएको थियो । दाँतमा समस्या देखिएकाहरुलाई नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको छ । शिविरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, एशोसिएसनका अध्यक्ष डा. भावनी न्यौपाने, उपाध्यक्ष डा. अनिल गुप्ता, उपमहानगरपालिका स्वास्थ्य शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । शिविरमा नेपालगञ्जमा रहेका सम्पूर्ण डेन्टल क्लिनिकका डाक्टरहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

Show in Slider: